शुक्रबार १३, दमक, लायन्स क्लब अफ दमक स्विट सिटी र लियो क्लब अफ दमक स्विट सिटीले आम्दा अस्पतालका विरामीहरुलाई १३ गते शुक्रबारका दिन थर्मस र फलफुल वितरण गरेका थिए ।

दमक नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको विशिष्ट अतिथी जोन चियर पर्सन लायन कोमल शाक्यको समेत उपस्थिति रहेको थियो ।

स्विटि सिटीका लायन सदस्यहरु र लियो क्लबका लियो सदस्यहरुको सक्रियतामा भएको उक्त कार्यक्रमको संयोजक लायन अञ्जु बस्नेतले गरेका थिए ।

बढ्दै गएको जाडोको चिसो मौसममा आम्दा अस्पतालमा रहेको सुत्केरी विरामी तथा अन्य विरामीहरुलाई केही राहत मिलोस भनी २५ थान थर्मस र करिब ५० जनालाई फलफुल वितरण कार्यक्रम गरिएको क्लबका अध्यक्ष विश्वास बाबुले बताउनु भयो ।

