adv

‘विशाल राईको संगित यात्रा’ सूत्र अनेक सफल एक

 

-विमल लामिछाने

आजको दुनीयाँमा संगित विना मान्छे बाँच्न नसक्ने भइसकेको छ । भनिन्छ, संगित र कला जिवन्त रहन्छ । अनि संगित विना जीवन अधुरो र अपूर्ण जस्तै हुन्छ । तर आदर्श, जीवन र ब्यवहार छुट्टाछुट्टै विषय हुन्, यी तीन ओटै विषयलाई संगै लिएर अघि बढ्ने मान्छे समाजमा कमै मात्र पाइन्छ, यसैका एउटा उदाहरणको पात्र हुन्– विशाल राई ।
विशाल राईः गित संगितको क्षेत्रमा राष्ट्रिय रुपमा स्थापित नाम हो । संगित विषयका शिक्षक भनेर चिनिएका राईले दर्जनौ विद्यालयमा संगित सिकाइसकेका छन् । हालपनि झापा र मोरङका आधा दर्जन विद्यालयमा संगितको लय, ताल, शुर र कला सिकाएर उनको दैनिकी चलिरहेको छ । त्यसो त घरकै छेउ मधुमल्लामा पनि उनले संगितालय खोलेर सिकाइरहेका छन् ।
हाल मिक्लाजुङ ७ मधुमल्ला, मोरङ निवासी राईको जन्म २०१८ सालमा बुवा श्रवण कुमार राई र आमा नीरमाया राईबाट भएको हो । उनले पाँचथरको लिम्वामा जन्मिएर इलाम साकफारामा प्राइमरी शिक्षा लिए, झापाको तोपगाछीमा नि.मा.वि. र मनोहर जनता उच्च मा.वि.बाट २०३८ सालमा एसएलसी गरेका हुन् ।
प्रगतीशिल जन साँस्कृतिक मञ्च (राल्फा) बाट शुरु गरेको संगित कलालाई २०४४ सालदेखि रेडियो नेपालबाट जनतामाझ पुर्याउने अवसर मिल्यो उनलाई । उनले संगीतका साथै गीतपनि गाएका छन् । फूच्चे फूच्चे नभन, सबैले हामीलाई, यही फूच्चेको खाँचो पर्ला भोली देशलाई….. । यो उनको पहिलो बाल गित हो । यहीबाट उनको संगित यात्रा शुरु हुन्छ । जहाजी छायाँ… राम राम छ यो मायाँ…., उनको पहिलो गीत हो ।
दरबार हत्या काण्ड पछिको समय मुलुकभर निकै चर्चा पाएको उनकै शब्द र संगित रहेको गित हो– शान्ति गुञ्जाइदेऊ, फेरिपनि लुम्विनी बुद्ध जन्माईदेऊ………। त्यस्तै मायै संसार ….., किम्मत भए पर्दैन काट्नु भन्सार.. जस्ता गीत पनि उनकै शब्द र संगीतका हुन् । त्यसो त विशाल राइले ३१ वटा गीत लाई संगीत गरेर रेडियो नेपालबाट प्रशारण गरेका छन् भने ४०० भन्दा वढी गित रेकड गरेका छन् ।
बाबु आमाको जीन (वंशज) छोरा छोरीमा सर्छ र पुस्ता हस्तान्तरण हुन्छ भने झै उनको पविार नै संगित साधक जस्तै बनेको छ , उनका छोरापनि रचना तथा संगितबाटै चिनिएका छन्,भने छोरी डान्स मास्टर छिन् । भर्खरै नेपाल आइडलको विजेता बनेर तारिफ पाएका निशान भट्टराई, कलाकार तक्मे बढा भनेर चिनिएका वीलसन विक्रम राई, गायक कल्पना राई, कमला खनाल, यसोधा साक्य, पुन्यराज बराल, गीतादेवी कट्टेल लगायतका कलाकारहरु विशाल राईका चेला हुन् ।
संगितमा आउने नयाँपुस्तालाई ब्यवसायिक बनेर संगितलाई चिनेर मात्र अघि बढ्न सुझाव दिन्छन् उनी ।
जीवन र संगित एक अर्काका पूरक हुन् भन्ने मान्यता छ विशाल राईमा, उनी संगीत जीवन्त हुनुपर्ने बताउछन् । पछिल्लो समय नेपाली संगितमा छाडा संस्कृतिले घर गरेको बुझाइ छ उनको, संगितले त इतिहास खोतल्नु पर्छ, भविश्यको कल्पना र बर्तमानको चित्रण गनुपर्छ संगितले भन्ने तर्क तर्क राख्छन् उनी । दुनीयाँ बदल्नु छ, अरु सूत्र असफल भए भने संगितको सूत्र प्रयोग गर्न परिर्वतनका पक्षधरहरुलाई सुझाव छ उनको ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु