adv

कविता “असरल”

 

कविता

असरल
✍️ धनराज लावती

आजभोलि रातले
भोक माग्दैन, प्यास माग्दैन
माग्दैन गहिरो निन्द्रा वा आराम
हिजो ति बिताएको दिनहरूको
अ ह पटक्कै माग्दैन
नोस्टाल्जिया

पहिलो कप चियाको नशा जब चड्छ
तब मेरो लाटकोसेरो रात्रीकालिन स्तब्ध बन्छ
जब आफैमा अनुत्तरित प्रश्न
तेर्सिन्छन दिमागमा
तब म बाचिरहेको युग
मलाई अस्तित्वविहीन लाग्छ

अस्तित्व खोज्ने प्रयासमा
जब भत्कदै ढल्दै गरेको मेरो मनोस्मृतिहरू
नपुंसक साबित हुन्छ
तब मलाई आविष्कार गर्न मन लाग्छ
जगत ढाक्ने आदिवासी प्रजनन
जफत गर्ने हातहतियार
बचाउन आफ्नै अस्तित्व
र भर्न आफ्नै भोको पेट

जब
भोकाएको बेला दालभात र
तिर्खाएको बेला प्यास
सबैभन्दा ठूलो लाग्छ मलाई
अनि आफैआफै अल्झिन्छु


एकदिन
बिहानै केरकार गर्दै
सोध्यो जिन्दगीले (
के गर्दैछस आजभोलि रु

प्रतिउत्तरमा
मुस्कुराउने चेष्टा मात्र गरे ।।

८ विद्यार्थी जीवनमा संघर्षरत केही निजी अनुभवहरू, प्रतिस्पर्धात्मक समयमा पैसा प्रतिको मोहले पढाइमा पुर्‍याउने बाधाहरू र केही फितलो बुझाईहरू ।।।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु