adv

बाह्रदशी नेफिनको प्रथम अधिवेशन सम्पन्न

२८ गते शनिबार । बाह्रदशी नेफिनको प्रथम अधिवेशन सम्पन्न भएको छ । २८ गते शनिबार भएको उक्त अधिवेशनका प्रमुख अतिथि नेफिन झापा जिल्लाका अध्यक्ष पारसमणि राई, विशिष्ट अतिथि ताजपुरिया कल्याणकारी समाज झापाका अध्यक्ष चन्द्र ताजपुरिया, बाह्रदशी गाउँपालिकाका प्रमुख खड्ग प्रसाद राजवंशी, विभिन्न दल, संघ संस्थाहरुका प्रतिनिधिहरु साथै १५ वटा जातिय संस्थाका संस्था प्रमुखहरुको उपस्थिति रहेको अधिवेशनका अध्यक्षता नेफिन बाह्रदशीका अध्यक्ष अमृत वान्तावाले गर्नु भएको थियो । सिता थारु चौधरीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि पारसमणि राईले भन्नु भयोः नेपाल सरकार आदिवासी जनजातिप्रति पूर्वग्राही हुँदै विभेदकारी रुपमा प्रस्तुत हुँदै आएको संविधानलाई पुर्नलेखन गरिनु पर्ने र समृद्ध नेपालका लागि स्थानिय तहदेखिनै आदिवासी जनजातिहरुसँग हालोमालो गरे अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्नु भएको थियो ।


कार्यक्रममा बाह्रदशी नेफिनका उपाध्यक्ष टेकबहादुर तामाङ्ग, वार्ड नं. १ का अध्यक्ष शम्भु राजवंशी, नेपाली कांग्रेसका बाह्रदशीका सभापति, ताजपुरिया कल्याणकारी समाज झापाका अध्यक्ष चन्द्र ताजपुरिया साथै बाह्रदशी गाउँपालिकाका शिक्षा अधिकृत प्रकाश गुरुङ्गले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बन्दसत्र कार्यक्रम गाउँपालिको सभाहलमा भएको थियो भने खुल्लासत्रको कार्यक्रम कृषि सेवा केन्द्र बाह्रदशीको प्राङ्गणमा गरिएको थियो । प्राविधिक कारणवस अर्को सुचना नआउन्जेल सम्मका लागि बन्दसत्र कार्यक्रम स्थगीत भएको छ ।

महासंघद्वारा निर्माण गरिने भनिएको “आदिवासी जनजाति संस्कृति अध्ययन अनुसन्धान केन्द्र” को भवन निर्माण गर्नको लागि जग्गा प्रदान गर्नु हुने जग्गादाता श्री सूर्य प्रसाद मेचेलाई दोसल्ला र प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा ७ जातिय संस्थाहरुबाट झाँकिहरुको प्रदर्शन गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु