दमक, १६ माघ,
दमकमा रहेको लियो क्लब अफ स्विट सिटीले दमक र लायन्स क्लब अफ स्वीट सिटीले संयुक्त रुपमा क्याम्पस मोडदेखि कन्काई पार्टी प्यालेससम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सहिद दिवसको अवसरमा र दमकमा भईरहेको बालमैत्री महोत्सवलाई केन्द्रित गरेर साथै लायन्स क्लबको तेश्रो क्याविनेट मिटिङ २०१९ लाई लक्षित गरेर सरसफाई कार्यक्रम गरिएको क्लबका अध्यक्ष लियो सुनिल राई बताउनु हुन्छ ।

प्रमुख अतिथी जोन चियर पर्सन लायन कोमल शाक्य, विशिष्ट अतिथि लायन्स क्लब अफ दमक स्विट सिटीको अध्यक्ष लायन विश्वास बाबु, अध्यक्षता क्लबका अध्यक्ष लियो सुनिल राई ।

कार्यक्रममा ५० जना भन्दा माथि लियोहरुको उपस्थिति रहेको ।

