adv

चलचित्र “दाल भात तरकारी” को पहिलो गीत सार्वजनिक {भिडियो}

मल्टिस्टारर चलचित्र “दाल भात तरकारी” को पहिलो गीत युट्युबमा सार्वजनिक गरिएको छ । निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको “भिजिट भिसामा” बोलको गीत निर्माण टिमले सार्वजनिक गरेको हो ।

गीतमा हरिवंश आचार्यको शब्द र शम्भुजीत बाँस्कोटाको संगीत सुन्न सकिन्छ । कोरियोग्राफर कविराज गहतराजको स्टेपलाई भिडियोमा चलचित्रका लिड कलाकारहरु हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत र राजाराम पौडेलले फलो गरेका छन् । गीतले चलचित्रप्रति दर्शकमा झनै उत्सुकता जगाउने निश्चित छ ।

मह संचारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा भन्छ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । चलचित्रमा हरिवंश र निरुताको जोडी बाँधिएको छ ।

 

विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसी लगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई दिर्घ गुरुङले खिचेका हुन् ।

चलचित्र ‘दाल भात तरकारी” मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल लगायत निर्माताका रुपमा रहेका छन् ।
बैशाख १३ गतेबाट प्रदर्शनमा आउन लागेको “दाल भात तरकारी” मा अझै दुई गीत छन् । फिल्मलाई कलाकार किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।

गीत हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु