मोरङको उर्लाबारीमा रहेको बेतेनि सिमसारमा मिस धिमाल २०१९ को फोटो सुट भएको छ ।

मिस धिमाल २०१९ का सहभागी प्रतिस्पर्धीहरु:
धिमाल जातीय विकास केन्द्रको भातृ संगठन धिमाल विद्यार्थी माञ्चको आयोजनामा मिस धिमाल २०१९ को आज तालिमको १० औँ दिन स्थानीय स्तरबाट नै पर्यटन प्रर्बद्धनको विकास गरौ भन्ने उदेश्यले उक्त ठाउँमा फोटो सुट गरिएको हो । अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल युवतिहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देस्यले मिस धिमाल २०१९ को आयोजना गरीएको हो । मिस धिमालको फिनाले मोरङको उर्लाबारीमा फागुन ७ गते हुने इभेन्टका संयोजकले जानकारी दिए ।


