
प्रदर्शन मिति तय नभएको चलचित्र ‘गुप्त’ को आइटम गीतमा नायिका सुष्मा कार्कीले नृत्य गरेकी छिन् । ‘म आँखा मारिदिन्छु’ बोलको गीतमा सहिमा श्रेष्ठको स्वर, राज कर्मकारको शब्द तथा साजन शाहको संगीत छ ।

यो चलचित्रमा सुष्माको साथमा भारत कार्की, नाफे खान, सन्दिप सिग्देल, अन्सु थापा लगायतका कलाकारको मुख्य भूमिका छ । राज रोय र भोजराज घिमिरेको निर्देशनमा तयार भएको चलचित्रमा दिपसन डंगोलको छायांकन, शक्ति प्रज्ज्वल घिमिरेको सम्पादन छ ।
भिडियो हेर्नुहोस:

