चर्चित गायिका मिलन अमात्य नेवारको चौथो एल्बम ‘मिलनयात्रा’ र पाचौँ एल्बममा समावेश ‘मन रेशम’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यतामा गायक दिप श्रेष्ठ, गीतकार राजेन्द्र थापा, संगीतकार शक्तिबल्लभ, गायिका मिलनका मातापितालगायत अन्य अतिथिहरुको हातबाट लोकार्पण गरिएको एल्बममा सातवटा गीतहरु समावेश छन् । यी गीतहरुमा योगेन्द्रमणि दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ ।

सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा अभिनयसमेत उनीहरुले नै गरेका छन् ।
हरि हुमागाईको छायांकन रहेको भिडियोमा निर्देशन राजेश पुमा राईको रहेको छ ।
गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना दिँदै आफू पनि नेपाली गीत-संगीत पारखी भएको बताउनुभयो । उहाँले नेपाली संगीतको क्षेत्रमा मिलनले महत्वपूर्ण योगदानको दिएको भन्दै धन्यवाद समेत दिनुभयो ।
भिडियो हेर्नुहोस्:

