adv

दमकका लायन्स क्लबहरुले क्याविनेट मिटिङलाई ऐतिहासिक रुपमा सफल बनाए

लायन्स क्लब भन्ने वित्तिकै हामी समाजसेवा भनेर बुझ्छौ । भर्खरै माघ १९ गते शनिवारका दिन सम्पन्न भएको लायन्स क्लबको तेश्रो क्याविनेट मिटिङले समाजसेवाको साथ साथै दमकलाई देशभरिनै चिनाएको छ ।

बर्षमा ४ पटक हुने क्याविनेट मिटिङ अन्तर्गत तेश्रो क्याविनेट मिटिङ दमकका लायन्स क्लबहरुले गर्न पाउने भएपछि मुल संयोजक रहेको लायन विश्वास बाबु लगायत लायन्स क्लब अफ दमक ईष्टर्न लाईन, लायन्स क्लब अफ दमक स्विट सिटी र लायन्स क्लब अफ लखनपुरको संयुक्त संयोजकत्वमा १ महिना अघिदेखि भव्य तयारीमा लागेका थिए ।


डिष्ट्रिक्ट ३२५ ए वानका गर्भनर लायन अनन्त प्रसाद भेटवालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ५०० भन्दा बढि देशभरिका लायन्सहरुले सहभागिता जनाएको थियो । कार्यक्रममा लायन्स क्लबका प्रभुत्व व्यक्तिहरु लगायत दमकका रहेको प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम नेपालमा रहेको लायन्स क्लबहरुको इतिहासमा ऐतिहासिक भएको कुरा क्याविनेट मिटिङका प्रमुख व्यक्तित्वहरुले जानकारी गराए ।

यस अघि लायन्स क्लबको क्याविनेट मिटिङलाई लायन्स क्लबहरुको ठुलो योजनाको रुपमा लिइएको थिएन, तर दमकका लायन्सहरुले ऐतिहासिक बनाउने कार्य गरेको, यसका साथसाथै देशभरिमा सबै भन्दा बढि रक्तदान गर्ने डिष्ट्रिक्ट अन्तर्गत ३२५ ए वान रहेको र मानिसको मृत्यु पछि पनि गर्न सकिने दान छालादानको विषयलाई मुख्य रुपमा लिएर अघि बढेको वर्ष २०१८–१९ का डिष्ट्रिक्ट गर्भनरको टिमले ३००० भन्दा वढिले छालादान समेत गरिसकेको कुरा क्याविनेट सेक्रेटरी लायन रेवत कार्कीले बताए ।

क्याविनेट मिटिङलाई ऐतिहासिक बनाउने कार्यमा दमक लगायत छिमेकी लायन्स क्लब, लायन्स क्लबहरुका लिडरहरु र लियोहरु सम्पूर्णले महत्वपुर्ण भुमिका खेलेको र ऐतिहासिक बनाउनको लागि सधैं भईरहेको क्याविनेट मिटिङलाई ऐतिहासिक बनाउनको लागि स्मारिकाले पनि उत्तिकै मात्रामा भूमिका खेलेको क्याविनेट मिटिङका प्रचार–प्रसार संयोजक तथा लायन्स क्लब अफ दमक ईष्टर्न लाइनका पे्रसिडेन्ट लायन विमल शर्माले जानकारी गराए ।

क्याबिनेट मिटिंगका फोटो फिचर:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु