adv

पिता बन्दै आर्यन सिग्देल, तर कहिले !

अभिनेता आर्यन सिग्देल सपना भण्डारीसँग वैवाहिक जीवनमा बाँधिएको करिब चार वर्षपछि पिता बन्ने भएका छन् । आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते विवाह भएको थियो ।

उनीहरुले लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए । आर्यन पत्नी सपना भण्डारी करिब ७ महिनाको गर्भवती भएको बुझिएको छ ।

अभिनेता आर्यन सिग्देल याति बेला विकासराज आचार्यको चलचित्र ‘हजार जुनी सम्म’ को छायांकनमा व्यस्त छन् । उनी चलचित्रको छायांकनका लागि यतिबेला सिक्किममा रहेको बताइएको छ । चलचित्रको छायांकन सकेर नेपाल फर्किए पश्चात भने उनी केही समय श्रीमती सपनाका साथमा रहने तयारीमा छन् ।

आफू माता-पिता बन्न लागेको कुरालाई आर्यन र सपनाले भने अधिकारिक रुपमा सार्वजनिक गरिसकेका छैनन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु