adv

इन्स्टाग्राममा फलोअर्सको संख्या बढाउने सजिलो ५ तरिकाहरु

सोसल मिडियामा आफूलाई पछ्याउनेहरुको संख्या तिव्र रुपमा बढुन् भन्ने चाहना कसको नहोला र ? कतिपय सेलिब्रेटीले त आफ्नो इन्स्टाग्राम लगायतका सोसल मिडियाका फलोअर्सको संख्या बढाउनकै लागि जनसम्पर्क कम्पनीहरु समेत भाडामा लिने गर्दछन् ।

यदि तपाइँ पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा फलोअर्सको संख्या बढोस् भन्ने चाहनुहुन्छ तर कुनै पिआर कम्पनी खटाउने क्षमता छैन भने यसको लागि यी ५ सजिलो तरिकाहरु अपनाउनस्-

१. गुणस्तरीय सामाग्री हुनु जरुरी : इन्स्टाग्राममा बढि भन्दा बढि फलोअर्स बनाउनका लागि तपाइँले पोष्टिने सामाग्रीहरुको गुणस्तरले ठूलो भूमिका खेल्दछ । यसका लागि तपाइँले विभिन्न खाले फिल्टर्सको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसबाट तपाइँको अकाउन्टमा धेरै भन्दा धेरै अडिएन्स इन्गेज हुन्छन् । यस बाहेक तपाइँले इन्स्टाग्राममा आफ्ना पोष्टहरुको निरन्तरता कायम गर्नुपर्दछ । अर्थात् लामो समयसम्म इन्स्टाग्रामबाट हराउनु भयो भने तपाइँका फलोअर्स बढ्ने छैनन् । त्यसैले निरन्तर रुपमा उत्कृष्ट तस्वीर तथा सामाग्रीहरु पोष्ट गर्नु इन्स्टाग्राममा फलोअर्स बढाउने सबैभन्दा पहिलो उपाय हो ।

२. ह्यासट्यागको सही प्रयोग : इन्स्टाग्राममा पोष्ट गर्नेबेला कस्तो ह्यासट्याग प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिनु पर्दछ । यसले तपाइँको पोष्टको भिजिबिलिटीमा असर पार्दछ । त्यसैले आफ्ना इन्स्टाग्राम पोष्टमा लोकपि्रय तथा ट्रेण्डिङ्ग ह्यासट्याग प्रयोग गर्नुपर्दछ । साथै अनावश्यक ह्यासट्याग प्रयोग गर्नबाट बँच्नुपर्दछ ।

३. पेज अप्टिमाइजेसन : यदि तपाइँ कुनै ब्राण्डलाई इन्स्टाग्राममा प्रवर्द्धन गर्न चाहनुहुन्छ वा कुनै जानकारी धेरै भन्दा धेरै मानिसहरु सम्म पुगोस् भन्ने चाहनुहुन्छ भने तपाइँका फलोअर्सको संख्या अधिक हुनु आवश्यक हुन्छ । यसका लागि तपाइँले आफ्नो इन्स्टाग्राम अकाउन्टलाई अप्टिमाइजेसन गर्न सक्नुहुन्छ । यसमा ब्राण्ड लोगो, डिस्प्लेको तस्वीर आदि राख्नु जरुरी हुन्छ । यसका साथै आफ्नो प्रोफाइललाई प्रयोगकर्ताका लागि पब्लिक गराइदिनु पर्दछ । बायोमा आफु स्वयं वा आफ्नो कुनै ब्राण्डसँग सम्बन्धित ब्लग वा वेबसाइट पेजको लिंक दिन सकिन्छ ।

४. इन्स्टाग्राम लिंक अन्य सोसल मिडियामा पनि जोडिदिने : इन्स्टाग्राममा तपाइँ जे पोष्ट गर्नुहुन्छ त्यसको ब्याकलिंक तपाइँले आफ्नो फेसबुक, टि्वटर अकाउन्ट लगायतका सोसल मिडियामा पनि पोष्ट गरिदिनुस् । यसबाट तपाइँप्रति मानिसहरुको ध्यान आकषिर्त हुनेछ । यो आफ्ना फलोअर्सलाई अन्य प्लेटर्फम बाट समेत फलो गर्नका लागि आमन्त्रित गर्ने माध्यम हुनेछ ।

५.प्रभावशाली व्यक्ति सँगको सम्पर्क : आफ्नो बजारसँग सम्बन्धित मानिसहरुसँग इन्स्टाग्राममा जोडिइरहनुहोस् र सम्वादको सिलसिला कायम राख्नुहोस् । उनीहरुको पोष्टलाई लाइक गर्ने तथा कमेन्ट गर्ने गर्नुहोस् । यसो गर्दा तपाइँ ती प्रभावशाली तथा धेरै फलोअर्स भएका प्रयोगकर्ताको नजरमा पर्नुहुनेछ । कुनै न कुनै दिन त्यो प्रभावशाली प्रयोगकर्ताले तपाइँ वा तपाइँको कुनै ब्राण्डलाई प्रवर्द्धन गर्न सहयोग गर्नेछ । त्यसो भयो भने तपाइँको इन्स्टाग्रामको पोष्ट धेरै मानिस सम्म पुग्नेछ र तपाइँका फलोअर्सको संख्या निकै बढ्नेछ ।

-एजेन्सीको सहयोगमा

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु