२९ कार्तिक, सप्तरी ।
मधेस प्रदेशको सप्तरीमा मधेस कृषि विश्वविद्यालय सन्चालनमा आएको छ ।
संघीयताको अभ्यासमा अब्बल रहेर मधेस प्रदेश नामकरण भएसँगै प्रदेश सरकारको विशेष प्रयासमा शैक्षिक उन्नयनका लागि विश्वविध्यालय स्थापना गरि शैक्षिक कार्यक्रम अघि बढाइएको हो ।
आफ्नो पहिलो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु गरेसँगै मधेस कृषि विश्वविध्यालय विधिवत शैक्षिक कार्यक्रमसहितसन्चालनमा आएको छ ।
सोमबारबाट खोलिएको नयाँ भर्नामा विध्यार्थीहरुले बी एस सी एजी अनर्स अर्थात् कृषि विषयमा स्नातक तहमा भर्ना हुन पाउने रजिस्ट्रार डा. श्रीभगवान ठाकुरले जानकारी दिए ।
अनलाइन माध्यमबाट विध्यार्थी भर्नाका लागि आजबाट आगामी मंसिर २८ गतेसम्म १ महिना समयावधि तोकिएको छ ।
विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा सञ्चालन गर्ने जनाएको छ ।
विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले यो कोर्स गर्न भर्ना हुन पाउनेछन् । तीन महिनाअघि कोर्स डिजाइन गरिएअनुसार विश्वविध्यालयले महिला, मधेसी, दलित, अपाङ्ग, मुस्लिम लगायतका कोटाहरू छुट्याएर पहिलो वर्ष ५० सिटमा भर्ना खुलाएको उपकुलपति डा. वैजनाथ महतोले जानकारी दिएका छन् ।
मधेस कृषि विश्वविद्यालय सञ्चालन अध्यादेश २०७८ अनुसार गत वर्षको मंसिर २७ गते स्थापित प्रदेश विश्वविद्यालयमा अर्कोवर्षदेखि कृषि, भेटनरीको, बागवानी, मत्स्य लगायतको पढाइसँगै कृषिको आधुनिकीकरण, व्यवसायीकरण, औजारीकरण्को अध्ययन अध्यापन गराइने उपकुलपति डा. महतोको भनाइ छ ।
विश्वविद्यालयको शैक्षिक गतिविधिले प्रदेशमा वस्तुको उत्पादकत्व बढाउनुका साथै खाद्य तथा पोषण सुधार कृषकहरुको जिविकोपार्जनमा सुधार तथा रोजगारीमा वृद्धि हुने उद्देश्य राखेको रजिस्ट्रार ठाकुर बताउँछन् ।
पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह रमधेस कृषि विश्वविद्यालयका कुलपतिसमेत रहेका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रूपमा आइतबार विश्वविध्यालयको उद्घाटन गरेका हुन् ।