adv

चलचित्र ‘यात्रा’ को पहिलो गीत ‘पन्च पन्छी’ सार्वजनिक {भिडियो}

चलचित्र ‘यात्रा’ को पहिलो गीत ‘पन्च पन्छी’ सार्वजनिक गरिएको छ । गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत, मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पौडेलको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा नायक सलिनमान बनियाँ, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल लगायतका कलाकारलाई देख्न सकिन्छ । गीतमा मुख्य नायिका मल्लिका महत्तलाई भने लुकाइएको छ ।

प्रविण सिंहको करिओग्राफी रहेको यो भिडियोलाई काठमाण्डौदेखि सोलुसम्मका लोकेशनमा खिचिएको छ । यो चलचित्र चैत्रको २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतको बिषयमा निर्देशक सम्राट शाक्यले भने- ‘यसले काठमाण्डौबाट केही उद्देश्य बोकेर निस्किएका ५ साथीको कथालाई भन्न खोजेको छ ।’

निर्देशक शाक्यकै कथा रहेको चलचित्रमा हिमाल केसीको एक्सन, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी तथा संजय लामाको छायांकन छ ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु