adv

‘लभ स्टेशन’ को पहिलो रोमान्टिक गीत सार्वजनिक {भिडियो}

अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको लिड रोल रहेको चलचित्र ”लभ स्टेशन” को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।  प्रेम गर्नेहरुका लागि विशेष दिन ‘प्रणय दिवस’ को अवसर पारेर निर्माण टिमले ”घाम जून चाहिँदैन” बोलको गीत सार्वजनिक गरेको हो ।

भियतनाममा छायांकन गरिएको गीतमा प्रदीप र जसिता फिचर छन् । दुईको केमेस्ट्री कमालको देखिएको छ । यो गीतमा गायक सुगम पोखरेल र गायिका रेश्मा पुन मगरको स्वर रहेको छ । जसमा दीपक शर्माको संगीत तथा दीपक शर्मा र उषा शेरचनको शब्द रचना छ । गीतको भिडियो मेकिङ उत्कृष्ट छ । चलचित्रलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् ।

प्रदीप र जसिताका अलावा चलचित्रमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।  यो चलचित्रलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्र चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ । .

भिडियो हेर्नुहोस्:

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु