adv

ऋण तिर्न नसकेपछि अर्जुन रामपालविरुद्ध मुद्धा दर्ता

बलिउड अभिनेता अर्जुन रामपाल यतिबेला विवादमा फसेका छन् । अर्जुनलाई एक करोड रुपैयाँ नतिरेको आरोप लागेको छ । एक इन्टरटेनमेन्ट कम्पनीका अनुसार अर्जुनले एक करोड रुपैयाँ ऋण लिएर पछि नतिरेको आरोप लागेको छ ।


अर्जुनले गएको वर्ष वाइटी इन्टरटेन्मेन्ट कम्पनीबाट १ करोड रुपैयाँ ब्याजमा ऋण लिएका थिए । अर्जुनले यो कम्पनीसँग ९० दिन भित्र १२ प्रतिशत ब्याजसहित तिर्ने सर्तमा ऋण लिएका थिए ।

तर, अर्जुन रामपालले अहिलेसम्म पनि ऋण तिर्न नसकेपछि कम्पनीले अर्जुनविरुद्ध मुद्धा दर्ता गरेको छ । अर्जुन रामपालले भने यो कम्पनीले लगाएको आरोपको खण्डन गर्दै आफूले लिएको ऋण तोकिएकै समयभित्र तिरिसकेको बयान दिएका छन् ।

आफूले पैसा तिरिसकेको भए पनि कम्पनीले आफूविरुद्ध मुद्धा दर्ता गरेको बताउने अर्जुनले अदालतमा आफ्नो गल्ती नभएको कुरा सावित गर्ने बताएका छन् ।

यता कम्पनीले भने अर्जुनले चेक दिएको भए पनि उनको खातामा पैसा नभएका कारण चेक बाउन्स भएको आरोप लगाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु