बलिउड नायिकाहरू सामाजिक सञ्जालमा बेलाबखत ट्रोलको शिकार हुन्छन् । बलिउड नायिका परिणिती चोपडा पनि धेरै पटक ट्रोलको शिकार भइसकेकी छिन् ।

एकपटक फेरी यी नायिका आफ्नो ड्रेसको कारण ट्रोलको शिकार भईन् । परिणीति कपडाका कारण सामाजिक सञ्जालमा हाँसोको पात्र बनेकी छिन् ।
परिणीतिको आगामी फिल्म ”नमस्ते इंग्ल्यान्ड” को फिल्म प्रमोसनका क्रममा टाइट कपडा लगाएर पुगेकी थिईन् । सामाजिक सञ्जालका प्रयोगकर्ताले टाइट कपडामा भद्दा देखिएको भन्दै उनको ट्रोल बनाएका छन् ।
उनले नीलो रङको कपडा लगाएकी थिइन् । लुगाबाट उनको गोप्य अङ्ग सजिलै देखिन्थ्यो । उक्त समारोहको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भए र परिणिती एकपटक फेरी ट्रोलको शिकार भइन्।
बलिउड अभिनेत्री परिणीति चोपडाको आगामी फिल्म ”नमस्ते इंग्ल्यान्ड” को सुटिङ सकिएको छ । फिल्ममा परिणीति र अर्जुन कपुर मुख्य भूमिकामा रहेका छन् ।
यो फिल्म अक्षयकुमार र क्याट्रिना कैफको अभिनय रहेको ”नमस्ते लन्डन” को सिक्वेल हो । फिल्म १९ अक्टुबरमा रिलिज हुँदैछ ।
भिडियो हेर्नुहोस्:
https://www.youtube.com/watch?time_continue=11&v=oRQlBp7ZtjE

