adv

क्रिशल कडेल र सेड्रीना शर्माको ”ओढेर घूङ्घट” {भिडियो}

”नेपाल आइडल सिजन २” बाट टप १० भित्र पुग्न सफल भएका क्रिशल कडेल र अहिले चर्चित बाल नायिका सेड्रीना शर्माको नयाँ गीतको भिडियो सार्बजानिक गरिएको छ ।

सामाजिक संजालमा लोकप्रिय यी दुई जोडीले पहिलो पटक संगै स्क्रिन शेयर गरेका हुन् । ”ओढेर घूङ्घट” बोलको गीतमा क्रिशल कँडेलको स्वर अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेती शब्द रहेको छ।

क्रिशल युवापुस्ता माँझ निक्कै लोकप्रिय बनेका छन् । अभिनय गर्न माहिर क्रिशल सानै देखि गीत गाउन पनि रुचाउथ्ये । कुनै नायक भन्दा कमि नरहेका क्रिशल चलचित्र छेत्रमा आफ्नो पहिचान बनाउने पक्का देखिन्छन ।

त्यस्तै, सेड्रीनाले ”नाई नभन्नु ल ५” जस्तो सुपरहिट चलचित्रमा अभिनय गरेपछि चर्चामा आएकी हुन् । दीपक आचार्यले निर्देशन गरेको म्युजिक भिडियोमा कोरियोग्राफी र ड्रेस डिजाइन भने तेञ्जु योञ्जनले गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

https://www.youtube.com/watch?time_continue=160&v=mLW9kVz5MQo

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु