कण्डम यौन सम्पर्कको बेला प्रयोग गरिने अस्थायी र एक भर पर्दौ साधन हो । यसको प्रयोगले सुरक्षित यौन सम्पर्कलाई सहयोग गर्छ । आजभोली विभिन्न प्रकारका कण्डमहरु बजारमा आएका छन् । सामान्यतया साईज, फ्लेबर लगायत विभिन्न प्रकारका कण्डम प्रयोगमा आईरहेको छन् । तर, अर्जेन्टिनाको एउटा कम्पनीले अनौठो कण्डम प्रयोगमा ल्याएको छ ।

सहमति प्रब्रद्र्धन र सुरक्षित यौन सम्पर्कका लागि भन्दै ”सहमति कण्डम” उत्पादन गरेको हो ।
टुलिपान नामको यो कण्डमको प्याकेट खोल्न चार वटा हात आवश्यक पर्छ । कण्डमको प्याकेट खोल्न एकसाथ चार वटै कुनामा दबाउनु पर्छ, जसका लागि चारै हात आवश्यक पर्छ ।
सहमतिको वातारण बनाउन र निर्णयमा समान सहभागिताका लागि चार हातले मात्र खोल्न मिल्नेगरी कण्डमको प्याकेट निर्माण गरिएको कम्पनीले जनाएको छ । नमूनाका रुपमा केही बारमा जोडीहरुलाई वितरण गरिएको यो उत्पादन वर्षको अन्त तिर बजारमा आउनेछ । यसको विज्ञापनले सामाजिक सन्जालमा प्रशंसा बटुलिरहेको छ ।
”टुलिपानले सधै सुरक्षित आनन्दको पैरवी गर्दै आएको छ । तर, हरेक शारीरिक सम्बन्धमा आनन्द त्यतिबेला मात्र सम्भव हुन्छ, जब दुवैको सहमति हुन्छ । त्यसैले हामीले यस कण्डमका लागि यस्तो क्याम्पेन चलाएका हौ”- कण्डमको प्रबद्र्धन गर्ने जिम्मा पाएको बीबीडियो एजेन्सीका जाओकिन क्याम्पिन्सलाई उद्धृत गर्दै न्युयोर्क पोष्टले जनाएको छ ।
-एजेन्सी

