adv

चन्द्रदर्शन साकाेस सिवाईसी साकाेस बाग्लुङकाे अध्ययनसँगै अन्तरक्रिया

बाग्लुङ, २५ चैत्र ।
चन्द्रदर्शन साकाेस सहकारी अवलाेकन भ्रमणकाे क्रममा चैत्र २५ गते साेमबार बाग्लुङ स्थित सिवाईसी साकाेससँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

 ७ हजार  २ सय सेयर सदस्य साथै  कुल सम्पत्ति ९३ कराेड २८ लाख रहेकाे सिवाईसी साकाेससँग सहकारीलाई कसरी अगाडि बढाउनु पर्छ र सहकारी सफल बनाउनका लागि केके टुल्सकाे प्रयाेग गर्न सकिन्छ भन्ने बिषयहरुमा छलफल भएकाे थियाे ।

सिवाईसी साकाेस बाग्लुङका अध्यक्ष समेत रहनु भईका नेफ्स्कुनका बाेर्ड मेम्बर चन्द्रि प्रसाद शर्माले सिवाइसी साकाेस सँगै समग्र सहकारीकाे विषयमा सहजिकरण गरेका थिए । छलफल कार्यक्रममा सहजिकरण गर्दै अध्यक्ष शर्माले भने- सहकारीका सेयर सदस्य सहकारीका मालिक हुन् । मालिक बनाउनका लागि धनी वर्गलाई मात्र लक्षित गर्नु हुदैन । चाहे त्याे श्रमिक हाेस् या राम्राेसँग लाउन नसक्ने न्यून अायस्राेत भएका मानिस हाेस सबैलाई उतिकै स्थान दिन सकेमा मात्र सहकारीकाे भावना र मर्म अनुरुप हुने बताए ।

छलफल कार्यक्रमसँगै चन्द्रदर्शन साकाेसका तर्फबाट पूर्वमा प्रचलित भाेजपुरे खुकुरी मायाकाे चिनाे सिवाईसी साकाेसलाई प्रदान गरेकाे थियाे भने चन्द्रदर्शन साकाेसलाई समेत सिवाईसीकाे तर्फबाट मायाकाे चिनाे प्रदान गरेका थिए ।

पिस प्यालेस बाग्लुङकाे सभाहलमा  ९:३० बजे सम्म छलफल कार्यक्रममा सहभागी भएका अध्ययन टाेलि १० बजे सिवाईसी साकाेसकाे कार्यालयकाे समेत स्थलगत अवलाेकन गरेका थिए ।

सिवाईसी बचत तथा ऋृण सहकारी संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकाे २९अाै स्थापना दिवसकाे अवसरमा प्रदेश ४ काे उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेका थिए

साेमबार भएकाे छलफल तथा अन्तरक्रिया कार्यक्रम प्रभावकारी भएकाे टाेलिका सदस्य लिलामाया धिमालले बताइन् ।  अरु पनि यस्ता किसिमका कार्यक्रमहरु अावश्यक रहेकाे टाेलिका अर्का सदस्य कमला मगरले थपिन् ।
सहकारी अवलाेकन भ्रमणमा अझ अन्य कार्यक्रमहरु समेत बाकि रहेकाे चन्द्रदर्शन साकाेस सञ्चालक समिति सदस्य कबिन गुरुङले बताए ।

5 Attachments

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु