adv

अजय देबगनकी छोरी समाजिक सञ्जालमा ट्रोल भएपछि, अजयले रिसाउदै यसो भने –

बलिउडका धेरै चर्चित कलाकारहरुका छोराछोरीहरु बिभिन्न कारणले समाजिक सञ्जालमा ट्रोल भइरहन्छन् । यसैक्रममा, बलिउडका चर्चित अभिनेता अजय देबगनकी छोरी पनि ट्रोल भएकी छन् । अभिनेता अजय देबगनकी १४ वर्षीया छोरी न्यासा ट्रोल भएपछी धेरैले बिभिन्न टिकाटिप्पणी गरिरहेका छन् । अभिनेता अजय देवगनकी छोरी न्यासा छोटो लुगाका कारण ट्रोल भएकी हुन् ।

छोटो लुगाका कारण ट्रोल भएकी न्यासाको विषयमा सामाजिक सञ्जालमा बिभिन्न टिकाटिप्पणी भइरहेको छ । न्यासाको विषयमा अनेक टिकाटिप्पणी भइरहेको अभिनेता अजयले थाहा पाएपछि दुखी हुदै भनेका छन् -”जब यस्तो ट्रोलिङ हुन्छ तब मेरी छोरी न्यासा मात्रै नभई पुरै परिवार प्रभावित हुन्छ । न्यासा केवल १४ वर्षकी छिन् । तर, मलाइ लाग्छ मानिसहरु कहिलेकाहीँ आफ्नो मर्यादा भुलेर बकवास गर्न थाल्छन् ।”

उनी छोरी न्यासाको लुगाको बारे भन्छन् -”न्यासाले शर्टस् लगाएकी थिइन् तर उनले लगाएको लामो ड्रेसले शर्टस् छोपिएको थियो । त्यसपछि, मानिसहरुले उनलाई ट्रोल गर्न सुरु गरिदिए । मलाई थाहा छैन यी कस्ता खालका मानिसहरु हुन् । तर, उनीहरुले गरेको व्यवहारको मूल्य हामीले चुकाउनु परेको छ । म पापाराजीहरुसँग यति मात्रै अनुरोध गर्छु कि हाम्रा बच्चाहरुलाई एक्लै छोडिदिनुस् । उनीहरुलाई आफ्नो स्पेस चाहिन्छ । उनीहरु हरेक समय तयार भएर घरबाहिर निस्कन चाहँदैनन् ।”

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु