adv

कमल गाउँपालिका–६ झारबारीमा रहेको “स्माइल फन पार्क” सन्चालनमा

दमक ।। झापाको कमल गाउँपालिका–६ झारबारी स्थित “स्माइल फन पार्क”को उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेनुका काफ्लेद्वारा उत्त पार्कको बिहिबार उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष काफ्लेले “कमल गाउँपालिकालाई परिचित गराउन मद्घत गर्ने यस फन पार्कको पचार–प्रसार कार्यमा सहयोग गर्ने बताएका छन् । उनले निजी क्षेत्रबाट सञ्चालित “स्माईल फन पार्क” गाउँपालिका भित्र पहिलो र भप्य भएको समेत बताईन् ।

“स्माईल फन पार्क” लाई अझै धेरै आर्कषक बनाउन बिभिन्न जाति, समुदाय र धर्म-संस्कृतिको भेष, भुषा र पहिचानलाई उजागार गर्ने सामाग्रीहरु समेत राख्न अध्यक्ष काफ्लेले सुझाब दिएका छन् । उनले बिद्यालयका बिद्यार्थीहरुको निम्ति उत्त पार्क मनोरञ्जन गर्ने स्थलको रुपमा मात्र नभएर अवोलकन वा अध्यन गर्ने स्थल बनाउन समेत सल्लाह दिएका छन् ।

दुई बिद्या क्षेत्रफलमा फैलिएको पार्कमा दुई जनाको लगानी रहेको छ । ३ करोड बराबरको लगानीमा सञ्चालन भइरहेको पार्कमा दुई वटा स्वीमिङ पुल, सेमिनार हल, बैठक कक्ष साथै गेष्ट हाउसको समेत व्यवस्था गरिएको छ । त्यस्तैं, बालबालिकाहरु र युवाहरुलाई पार्क, बस्ने क्याविन, खेलौना, पोखरी, मोटर वोट लागाएत बाल बगैचाले समेत उत्त पार्क सजिएको छ ।

“स्माइल फन पार्क” का सञ्चालक दिवान राईको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा कमल गाउँपालिका वडा नं ६ का अध्यक्ष नगेन्द्र भट्टराईले पार्क स्थलसम्म आइपुग्ने सितापुरी चौक सडक र मंगलबारे बजारको सडकलाई कालोपत्रे गर्न पहल भइरहेको बताए । उद्योग बाणिज्य संघ कमलका कार्यवहाक अध्यक्ष उमानाथ भण्डारीले निजी क्षेत्रबाट लगानी भएर स्थापना भएको उत्त पार्क पर्यटन व्यवसायकै लागि भएकोले स्थानीय सरकारबाट पनि सहयोग पुग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा सगुन युवा क्लबका अध्यक्ष देबी आङदम्बे, स्थानीय सामाजिक अगुवाहरु प्रेम राई, गणेश आङदम्बे, चुलाचुली इलामका युवा नेता राजेन्द्र केरुङ, किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राई लगायतको उपस्थिति रहेको थियो । उत्त अवसरमा लखनपुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका सदस्य कृष्ण भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका संयोजक दिपेन बाला राईले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन बिन्दु मुकारुङले गरेका थिए ।

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु