adv

सहकारी अध्ययन अवलाेकन भ्रमण सम्पन्न गर्दै चन्द्रदर्शन साकोस

दमक, ३० चैत्र ।

चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सहकारीहरुको अध्ययन अवलोक गरी शनिबार बिहान गृह जिल्ला फर्केको छ ।
सहकारी अवलोकन भ्रमणको क्रममा बाग्लुङ स्थित सिवाईसी साकोस र गडिगाउँपालिका मकवानपुर स्थित महिला जागरण साकोसको स्थलगत अध्ययनसँगै अन्तरक्रिया कार्यक्रम गरेको हो ।

सिवाइसी साकाेसलाइ मायाकाे चिनाे प्रदान गर्दै

सिवाईसी बचत तथा ऋृण सहकारी संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको २९औ स्थापना दिवसको अवसरमा प्रदेश ४ को उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको सहकारी हो भने महिला जागरण साकोस प्रोबेशन ब्राण्ड प्राप्त सहकारी हन् ।

महिला जागरणा साकाेसलार्इ मायाकाे चिनाे प्रदान गर्दै साकाेसका पदाधिकारी साथै सदस्यहरू

यी दुई सहकारीको स्थलगत अवलोकनसँगै टोलीले अन्य विभिन्न स्थानहरुको समेत अवलोकन गरेका छन् । ६४ सदस्यीय रहेको अध्ययन टोलीलाई सहकारी अध्ययन अलाव पोखरा, बाग्लुङ, मुस्ताङ, म्याग्दी, चितवनका विभिन्न स्थानहरुको समेत अध्ययन अवलोकन गराइएको थियो ।

चन्द्रदर्शन साकाेस सहकारी अध्ययन अवलाेकन भ्रमणकाे क्रममा सामुहिक तस्वीर लिदै

टोलीमा चन्द्रदर्शन साकोस सञ्चालक समिति अध्यक्ष बालकृष्ण गौतम, सचिव भोजकुमार राई, कोषाध्यक्ष रोशन दाहाल लगायत अन्य सदस्यहरुको समेत उपस्थित रहेको अध्ययन टोलीले विभिन्न स्थानहरुको समेत अवलोकन गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु