
शाही युवा शक्ति नेपालले झापाको बिर्तामोडमा यही बैशाख ४ गते बृहत आमसभा गर्ने भएको छ । सबैधानिक राजसंस्था सहित हिन्दुराज्य र अखण्ड नेपाल स्थापना हुनुपर्ने भन्दै बृहत आमसभाको आयोजना गरिएको शाही युवा शक्ति झापाका अध्यक्ष मुक्ती खतिवडाले बताए ।
शाही युवा शक्ति नेपालल सोमबार दमकमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जनकारी गराएको हो । यस अघि हिन्दुराज्य स्थापना र राजसंस्थाको मुद्धा बोकेर हिडेका पार्टीहरुले समेत धोका दिएको शाही युवा शक्ति नेपालले आरोप लगाएको छ । २२ से २४ राज्यलाई एकिकरण गरि १ ढिका भएको देश नेपालमा बिदेशीको चलखेलमा राजसंस्था हटाइएकोले जनमानसमा प्रचार प्रसारको लागी आमसभा गरिने भएको केन्द्रिय सदस्य गिरिराजमणी पौडेलले बताए ।
शाही युवा शत्ति नेपाल चुनावमा सहभागी नभई जनताको माझबाट संबैधानिक राजसंस्था र हिन्दुराज्य स्थापना गर्ने जिल्ला अध्यक्ष मुतिm खतिवडाले बताए । उहाले अहिलेको संघिय राज्य ब्यवस्था पनि धेरै नटिक्ने दाबि गरे । त्यसैगरि, छिमेकी राष्ट्रको इसरामा जबरजस्ती लादीएको धर्म निरपेक्षता पनि नमान्ने बताएको हो देशमा राज संस्थाको पुनरवाहाली चाहाने धेरै भएकोले आमसभामा जनसमुदायको उल्लेखिय उपस्थीति रहने अपेक्षा गरेको कार्यक्रमको संबोधन शाही युवा शत्ति नेपाललका केन्द्रिय अध्यक्ष पशुपति खड्काले गर्ने जनाइएको छ ।

