नयाँ बर्षको अवसर पारेर अभिनेता दिलिप रायमाझी र अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको ”पशुपतिमा सुनैको गजुर” बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । दिलिप र प्रियंकाले सँगै काम गरेको सम्भवत यो पहिलो म्युजिक भिडियो हो ।

गीतमा नेपाल आईडलका टप३ प्रतिस्पर्धी प्रताप दास र गायिका मेलिना राईले स्वर दिएका छन् । दुर्गा खनाल घिमिरेले शब्द लेखेका छन् भने बसन्त सापकोटाले सङ् गीत भरेका हुन् । भिडियोलाई चन्द्र पन्तले डाइरेक्सन गरेका छन् ।
गंभिर बिष्टको कोरियोग्राफी रहेको यस म्युजिक भिडियोलाई D4 Creation युटुव च्यानल मार्फत नयां बर्ष २०७६ को कोसेलीको स्वरुप दर्शक-श्रोता माझ ल्याएको हो ।
भिडियो हेर्नुहोस्:

