adv

जापानमा ट्रिपरको ठक्करबाट नेपाली युवती ममताको मृत्यु । विवाह भएको एक महिनामै टुट्यो दाम्पत्य जीवन…हार्दिक समवेदना …

नायोगा, जापान ।। नेपालबाट अध्ययनको लागी जापान पुगेकी नेपाली युवतीको टिप्परको ठक्करबाट मृत्यु भएको छ । अध्ययनको लागी जापान पुगेकी ममता मोक्तान क्याम्पस जाने बेलामा ट्रिपरको ठक्करबाट निधन भएको हो । जापान समाचार डट कम लाई प्राप्त जानकारी अनुसार जापान नागोया मेकेनको योकाईची सिटीमा सोमबार बिहान करिब ९ बजे तिर ममता विद्यालय जान क्रममा दुर्घटनामा परी ज्यान गएको हो । नायोगामा रहेको योक्काइची कलेज अफ इन्फरमेसन एन्ड ल्यांग्वेजमा अध्ययनरत ममता मोक्तानको ट्रिपरको ठक्करबाट घटनास्थलमै निधन भएको हो ।

मृतक ममताका श्रीमान् राम तामागंका साथि सुरेन गिरीले जापान समाचार डट कमलाई दिनुभएको जानकारी अनुसार प्रहरी सोधपुछ र अस्पतालले आवश्यक काम गरेर शव सोमबार रातिनै दिईसकेको छ । गिरिले भन्नुभयो-”अब जापानमा नै दाहसंस्कार गर्ने कुरा भएको छ, आवश्यक तयारी गरेर पर्सितिर दाहसंस्कार गर्ने सोचमा छौं यसबारेमा मंगलबार पारिवारिक छलफल गरेर निर्णय गर्नेछौं ।” सन् २०१६ को अप्रिलमा भाषा अध्ययनको लागि विद्यार्थीको रुपमा ममता मोक्तान जापान ओकिनावा आएकी थिईन् । ममताको फेस बुकको विवरण हेर्दा अप्रिल १८ मा जापान आएकी उनले नाहा ओकिनावामा भाषा विद्यालयपछि नागोयामा रहेको योक्काईची कलेज अफ ईन्फरमेशन एण्ड ल्यांग्वेजमा सेन्मोन अध्ययन थालेकी थिईन् ।

सन् २०१८ जुन १७ तारिखमा राम तामागंसँगको प्रेम सम्वन्धबारे खुलेर फेसबुकमा फोटो राखेकी ममताले प्रेम सम्वन्धलाई एक महिनाअघि मात्र नेपाल गएर बिवाह बन्धनमा परिणत गरेकी थिईन् । दुई साता अघि मात्र नेपाल गएर बिवाह गरि जापान फर्केकी ममताले नयाँ बर्षको दिन पारेर रामसँग खिचेका ६ वटा तस्विर राख्दै आफ्नो प्रेम र नयाँ बर्षको शुभकामना साथीभाई र परिवारजनमा बाँडेकी थिईन् । तर, दैवको लेखा, भावीले लेखेको ममताको आयु भनौं वा राममाथि आईपरेको बज्रपात बिवाहको महिना दिन नपुग्दै रामले आफ्नो मायाँलु जीवन संगिनीलाई नयाँ बर्षको भोलीपल्टै असामयीक घटनामा गुमाउन पुगेका छन् ।

पढ्नको लागि हिँडेकी जीवन संगिनिको जीवनलिला बिचबाटोमै सवारी दुर्घटनामा परि समाप्त भएको खवरले विछिप्त राम आफैंमा एक कुशल पत्रकार हुन् । सैलुंगअनलाईन लगायत अनलाईनहरुमा काम गर्दै आएका राम नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जापानका अध्यक्ष समेत रहेका छन् । रामको घर नेपालमा नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका हो । ममताको जन्मघर भने पर्सा जिल्ला हो । रत्नराज्यलक्ष्मि क्याम्पस काठमाडौंबाट पत्रकारिता अध्ययन गरेर अरुका दुखका खवर र खुसीका हर्सलाई शब्दमा उतार्दै आएका राम आज आफैं शब्दबिहिन बन्न पुगेका छन् ।

दुखको पहाडलाई आँशुले पखाल्ने प्रयासमा रहेका राम प्रेम बियोगसँगै जीवनको सहारा बनेर आएकी श्रीमतीलाई सपनाजस्तै लाग्ने सवारी दुर्घटनामा सदाको लागि गुमाउनुपर्दा मुर्छित् छन् । जीवनको एकपाटो आफ्नी जीवनसंगिनीलाई अकल्पनिय दुखद सवारी दुर्घटनामा परि गुमाएका राम तामांग प्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् । अल्पायुमै जीवन गुमाउनुभएकी ममता तामागंप्रती हार्दिक समवेदना ।
-सभार

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु