adv

चलचित्र “दालभात तरकारी” को ट्रेलर यस्तो बन्यो {भिडियो}

महसञ्चारद्वारा निर्मित चलचित्र “दालभात तरकारी” को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अमेरिका जानका लागि गरिएको दौडधुपलाई प्रस्तुत गरिएको छ । निरुता सिंह, हरिवंश आचार्यकी श्रीमती हुन्छिन् र उनी कुनै पनि हालतमा अमेरिका जाने पक्षमा हुन्छिन् ।

अमेरिका जान नेपालीहरु के सम्म गर्न सक्छन् भन्ने कुरा चलचित्रले देखाउन खोजेको छ । चलचित्रको ट्रेलरमा कलाकार हरिवंश आचार्य र अभिनेत्री निरुता सिंहलाई विशेष रुपमा प्रस्तुत गरिएको छ ।

यस अघि सार्वननिक चलचित्रका २ गीतलाई दर्शकले रुचाएका छन् । चलचित्र प्रचार प्रसारका लागि “दालभात तरकारी” युनिट देश दौडाहामा छ । किरण केसी प्रस्तुतकर्ता रहेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल, शिवहरी पौडेल, विल्सन विक्रम राई, मोहितवंश आचार्य, यमन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा मित्र डी गुरुङको सम्पादन, शम्भुजित बाँस्कोटाको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, र दीर्घ गुरुङको छायांकन छ ।

ट्रेलर हेर्नुहोस्:

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु