
चलचित्र “वीर विक्रम-२” को नयाँ गीत सार्वजनिक गरिएको छ । “पिरतीको मिठो तिर्सना” बोलको गीतको अपार सफलतापछि निर्माण टिमले “बाचा बोलको दोस्रो गीत पनि रिलिज गरेको हो । गीतको भिडियो हेर्दा बलिउड भन्दा कुनै कम छैन भन्दा फरक नपर्ला ।
नयाँ बर्षको उपहारस्वरुप निर्माण टिमले गीत रिलिज गरेको हो । गीतमा गायत तथा सँगितकार तारा प्रकाश लिम्वु र दिपा लामाको स्वर रहेको छ । नरेश भट्टाईको शब्द सिर्जना रहेको गीतमा तारा प्रकाश लिम्वुकै सँगित रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चलचित्रको मुख्य पात्रहरु पल शाह र बर्षा सिवाकोटी फिचर्ड छ न् । सुदीप बरालले छायांकन गरेको उक्त गीतको भिडियो मेकिङ निकै उत्कृष्ट बनेको छ ।
मिलन चाम्सले निर्देशन गरेको यस चलचित्रमा नाजिर हुसेन ,बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस:
https://www.youtube.com/watch?v=9XdDoNiAdbUhttps://www.youtube.com/watch?v=9XdDoNiAdbU

