adv

बिरामी छोरीका कारण छायाँकन सेटमा ढिलो पुगेका करणवीर शोबाटै निकालिए !

“बिगबोस–१२” फेम करणवीर बोहरा एक शोको छायाँकनका लागि सेटमा ढिलो पुगेका कारण शोबाटै निकालिएका छन् ।

करणवीरकी छोरी बिमारी भएपछि बिरामी छोरीको हेरचाह गर्नका लागि उनले च्यानल तथा प्रोडक्शन टिमसँग केही समय मागेका थिए । तर च्यानल तथा प्रोडक्शन टिमले उनलाई समय दिन मानेन । बरु उनलाई उक्त शो बाटै निकालिदिएको छ । करणवीरले यो कुराको खुलासा आफ्नो इन्स्टाग्राम अकाउन्ट गरेका छन् ।

करणवीरले लेखेका छन्- “जीवनमा कहिलेकाँही आपतकालीन अवस्था आइदिन्छ । जस्तो कि अचानक बच्चा बिमारी भइदिन्छन् । जसका कारण छायाँकन स्थल पुग्न ढिला भइदिन सक्छ । त्यही कारण च्यानल र प्रोडक्शन टिमले बाहिर निकालिदिनु एकदमै असंवेदनशील कुरा हो । यस्तो पहिले कहिल्यै मसँग भएको थिएन । एक अभिनेता हुनुका साथसाथै म मेरा साना छोरीहरुको पिता हुँ ।”

“म आपतकालिन अवस्थामा मेरी बिरामी छोरीलाई उनकी आमा वा सहयोगीका साथमा एक्लै छोडेर जान सक्दिनँ । आज बिहान मेरी छोरीलाई मेरो आवश्यकता थियो । त्यसबेला उनी मेरो पहिलो प्रथमिकता थिइन् । तोकिएको समयमा छायाँकन स्थलमा पुग्न नसकेकोमा म फेरि पनि प्रोडक्शन टिम र च्यानलसँग माफी माग्न चाहन्छु । कयौं पटक अभिनेताहरुलाई सेटमा पर्खाएर राखिन्छ । र हामीले तपाईँहरुका लागि एडजस्ट गर्नुपर्ने हुन्छ । त्यही व्यवहार हामीहरुका लागि गरिदिनु भएको भए राम्रो लाग्थ्यो” -उनले थपे ।

टेलिभिजन अभिनेता करणवीर बोहराले “कुबुल हे”, “सौभाग्यवती भवः”, “नागिन”, “क्यों की सास भी कभी बहुथी” लगायतका चर्चित टेलिभिजन शोमा अभिनय गरिसकेका छन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु