adv

आज देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन , सबैको सुचनाका लागि 1 शेयर गर्नुहोस है

६, वैशाख ।। सरकारले आज देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

वैशाख  ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ।

कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परेका कारण केही स्थानमा भने खोप कार्यक्रम प्रभावित हुने खतरा बढेको छ।  तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाइ सहजीकरण गर्न  निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कार्यक्रम सहजीकरणका लागि सबै स्थानीय तहलाई सूचित गरिदिन चैत १३ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो।

साथै शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका  जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण कार्यक्रम रहेको छ।

यी कार्यक्रमका लागि सबै स्थानीय तहबाट सहयोग समन्वय र प्रचारपचारमा सहजीकरण गरी अभियान सफलतापूर्वक संचालन गर्न सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निदेशन दिएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु