
गायक प्रमोद खरेलको “झुमा-झुमा” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रमोद खरेलको आफ्नै युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । ”झुमा -झुमा” बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडा फिचर्ड छन् ।

म्युीजक भिडियोलाई चर्चित हाँस्य टेलिसिरियलका श्रृङ्खला निर्देशक एवम् कलाकार काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका छन् । हिमान्सु रायमाझीको शब्द तथा भिम विसीको संगीतमा रहेको गीतको भिडियोलाई शुभम भुजेलले कोरियोग्राफी गरेका छन् । गीतमा सुप्रिम पराजुलिको सम्पादन तथा अर्जुन तिवारीको सिनेमेटोग्राफी रहेको छ ।

