adv

किरात राई विद्यार्थी नेताहरु खोटाङ केन्द्रीत हुदै

राष्ट्रिय सम्मेलनको तयारी तिव्रगतिमा

दमक, २० बैशाख ।
किरात राई विद्यार्थी संघका नेताहरु यतिबेला खोटाङ केन्द्रीत भइरहेका छन् । आउदो बैशाख २६ गते देखि २८ गते सम्म खोटाङको दित्तेलमा संघको ९औं राष्ट्रिय सम्मेलन तयारीका लागि यतिबेला विद्यार्थी नेताहरु खोटाङ केन्द्रीत भईरहेका हुन् ।

 


“पहिचान र संघीय शिक्षा प्रणाली लागु गरौं, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ नगर लागौं” भन्ने मुल नाराका साथ हुन गइरहेको संघको ९औं राष्ट्रिय सम्मेलनको तयारी सबै जिल्लाहरुमा तिव्र रुपमा भइरहेको किरात राई विद्यार्थी संघ ९औं राष्ट्रिय सम्मेलन प्रचारप्रसार उप–समितिका संयोजक सुसन रुङमाहाङले बताए ।
यलाखोम (उपत्यका) का जिल्लाहरु र पुर्वका १४ जिल्लाबाट राष्ट्रिय सम्मेलनमा सहभागि हुने जनाएको छ । विभिन्न जिल्लाहरुबाट करिब ९ सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागीता रहने प्रतिनिधि पर्यवेक्षक व्यवस्थापन समितिका संयोजक अन्जिलहाङ किरातीले बताए ।
राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती सहित बैशाख २६ गते उद्घाटन समारोह हेलिप्याड, दिक्तेल खोटाङमा र बैशाख २७ र २८ गते हुने बन्द सत्र शुभव फाउण्डेसनमा हुने बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु