
इदको अवसर पारेर जुन ५ तारिखबाट विश्वभरका चलचित्र घरमा रिलिज हुने बलिउडको प्रतिक्षित चलचित्र “भारत” को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार बलिउड सुपरस्टार सलमान खान स्टारर सिनेमा “भारत” को ट्रेलर इन्टरनेटमा रिलिज गरिएको हो ।
अलि अब्बास जफरको निर्देशनमा निर्माण भएको चलचित्रको सार्वजनिक ट्रेलरमा सलमानलाई १८ वर्षको युवकदेखि ७० वर्षको वृद्धसम्मको भूमिकामा देखाइएको छ । एक्सन, लभस्टोरी कथामा निर्माण भएको सिनेमाको ट्रेलरमा सलमानले युवा अवस्थामा दिशा पटानी र वयस्क अवस्थामा कट्रिना कैफसँगको रोमान्सलाई निकै स्थान दिइएको छ ।
चलचित्रमा सलमान, कट्रिना र दिशाका अलवा सुनिल ग्रोबर, ज्याकी श्राफ लगायतका कलाकारको पनि अभिनय रहेको छ । “भारत” सलमान र अलीको तेस्रो सहकार्य हो । योभन्दा अगाडि उनीहरुले “सुल्तान” र “टाइगर जिन्दा हे” मा एकसाथ काम गरेका थिए । यी दुबै सुपरहिट भएको थियो । यो सिनेमामा कटरीको ठाउँमा पहिले प्रिंयका चोपडालाई साइन गराइएको थियो । अन्तीम समयमा प्रिंयकाले भारत छोडे पश्चात चलचित्रमा कटरीनाको प्रवेश भएको थियो ।

