डण्डीफोरले यूवाअबस्थामा धेरैलाई सताउने गर्छ । अधिकाँस यूवायूवतीहरुको अनुहारमा एक समयमा डण्डीफोर आउने गर्छ । जथाभाबी चलाउने र ध्यान नदिने हो भने डण्डीफोरले कुरुप नै बनाउने खतरा समेत हुनसक्छ ।
यसरी डण्डीफोर आउदाँ धेरैले विभिन्न उपचार पनि गरिरहदाँ फाइदा भने नभएको हुनसक्छ । प्रायः जसो १४ देखि ३० वर्ष उमेरसम्मका लागि धेरै नै सताउने यो समस्या समाधान गर्न आयूर्वेदीक पद्धती समेत रहेको छ ।
यसैगरी, लाभदायी आहार, समय तालिका अनुसार मात्रा मिलाएर र राम्रोसंग चपाएर खानेलाई यस्तो समस्या कम हुने आयुर्वेदमा उल्लखे छ । जसकालागि अघिल्लो पटक खाएको खाना पचिसकेपछि अर्काे पटक खान समेत आयुर्वेदका ज्ञाताहरुले सुझाब दिए । विषेशगरि यूवतीहरुमा यस्तो समस्या देखिन्छ जसले ज्यादा मलासादार, चिल्लो, अमिलो खाने गरेका छन ।
त्यसैले पनि यस्ता चिज नखाने ,ताजा साग सव्जी र रेसादार तरकारी खाने गर्दा समेत डण्डीफोरबाट बच्न सकिन्छ ।

डण्डीफोर हटाउन चाहानुहुन्छ भने यि घरेलु उपायहरु पनि अपनाउन सक्नुहुन्छ:
– प्रशस्त मात्रामा पानी, जुस पिउने गर्नुहोस् ।
– भिटामिन इ र ए ज्यादा भएका खाना जस्तै फर्सी, मेवा, गाँजर, काँक्रो खाने र चुरोट, रक्सी, सूर्ती, चिया, कफी, नखाने ।
– पटक पटक सफा पानीले अनुहार धुने ।
– ताजा मेथीको पातलाई पानी मिसाई पेष्ट बनाई राती प्रयोग गर्ने गर्दा समेत राहत हुन्छ ।
– कागतीको रस र दूधलाई उमालेर मुख धुने ।
– दालचिनीको पाउडरलाई महसँग मिसाई लेप लगाउने ।
– घिउकुमारी चोप सिधै अनुहारमा लगाउने ।
– चन्दन र बेसारलाई लेप बनाई लगाउने गर्दा समेत डण्डीफोरबाट मुक्ति पाइन्छ ।

कतिपयको बानी डण्डीफोरलाई खेलाइरहने, निचोर्ने हुन्छ । यो गतल हो । यसले अनुहारलाई कुरुप बनाउन सक्छ । चिकित्सकको सल्लाह अनुसार हर्बल सामाग्री प्रयोग गर्ने र ज्यादा बाहिर घाममा नहिँड्ने गरेर यसरी घरेलु उपचारबाट पनि डण्डीफोरको उपचार सम्भव भएन भने आयुर्वेद चिकित्सकसँग परीक्षण गराएर अन्य उपचार विधी सेमत् प्रयोगगर्नुपर्दछ ।

