adv

झापा जिल्लाको साकेला सिली समापन समारोह–२०७६ को भव्य तयारी

किरात राई यायोक्खाले महान चाडको रुपमा मनाउदै आइरहेको बैशाख पुर्णिमा साकेला उभौली–०७६ (यलेदोङ ५०७९) झापाको सितापुरी स्थित साकेला चौकमा जेठ २५ गते शनिबार झापाको सबै स्थानहरुबाट साथै अन्य छिमेकी जिल्लाहरुबाट झाँकी सहितको सिली प्रदर्शनी गरि भव्य रुपमा साकेला समापन कार्यक्रम गर्ने भएको छ ।

यस अघि झापाको गाउँपालिका तथा नगरपालिकामा रहेका किरातीहरुले आफ्नो आफ्नो क्षेत्रमा साकेला उभौली कार्यक्रम सम्पन्न गरीसकेको छ । सदाको वर्ष झैं यो वर्ष पनि ३० देखि ४० वटा टोलीहरुबाट साकेला सिली प्रदर्शनी हुने, सो कार्यक्रममा मनोरञ्जनात्मक रोटेपीङ, सर्कस, बालबालिकाहरुका लागि खेलतमासाहरु पनि रहेको र समापन कार्यक्रमको तयारी अन्तिम चरण पुगेको किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाका सदस्य श्री सुसन रुङमाहाङ ज्यूले बताउनु भयो ।

अध्यक्ष ईन्द्रमान चाम्लिङ राईका अनुसार झापाको सवै स्थानीय तह अर्थात पुरानै संरचनासहितको गाविस र नगरमा यायोक्खा प्रारम्भि कार्यसमितिले आ–आफ्नो साकेला माङखिममा कार्यक्रम आयोजना गरेर चाड मनाएका छन् । झापामा किरात राईहरुसंगै अन्य जाति वा समुदायहरुले पनि अत्यन्तै उत्साहपूर्ण ढंङ्गमा साकेला उभौली मनाउने गरेको अध्यक्ष राईले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु