
लामो समय प्रेम सम्बन्धमा रहेका अभिनेत्री निता ढुङ्गाना र अभिनेता आमेश भण्डारीको ब्रेक अप भएको लामो समय भई सकेको थियो ।
लामो समय पछी यो जोडीको पुन: मिलन भएको छ । तर, यो मिलन रियल लाइफमा नभएर एउटा म्युजिक भिडियोमा भएको हो ।
“बैमानी बैमानी” बोलको गीतमा यि दुइले कम्मर मर्काएका छन् । जितु श्रेष्ठ र अनु अधिकारिको स्वार रहेको यस गीतमा योगेन धोलिले शब्द लेखेका छन् । मिलन सुर्खेतिको कम्पोज रहेको यस गीतलाई एरेन्ज गरेका छन् रिकेश गुरुङ्ले । यो गीतलाई दर्शकहरुले अत्यन्तै मन पराएका छन् भने निता र र आमेशलाई उनिहरुको सम्बन्ध फेरी प्याच अप गर्न अनुरोध गरेका छन् ।
भिडियो हेर्नुहोस्:
https://www.youtube.com/watch?v=Obm8kw6DuPg&feature=youtu.be

