दमकमा शनिवार पत्रकार सम्मेलन गरी आदिवासी रंगशाला प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले राज्य पक्ष र प्रतिष्ठानविच भएको सहमति अनुुसार थप प्रकृया बढाउन राज्य पक्ष तयार नभएकाले आदिवासी रंगशालाको विकल्पको सवै पक्ष त्तत्काल वन्द गर्ने निर्णय जारी विज्ञप्ती मार्फत बताए ।

निर्णय सार्वजनिक गर्दै अध्यक्ष राई
उनले भने – ‘सर्त अनुसार राज्य जिम्मेवार नभएपछि प्रतिष्ठान समितिले आदिवासी रंगशालाको विकल्प खोज्ने निर्णयबाट पछि हट्न बाँध्य हुनुपरेको छ ।’
प्रतिष्ठानका महासचिव दिपेनवाला राईले राज्य पक्षसंग समितिले आदिवासी स्मृति पार्कको लागि १५ विगाह जग्गाको भोगाधिकार सहित अत्याधुनिक सुविधासम्पन्न संग्रहालय सहितको पार्क निर्माण गरिनु पर्ने र सो पूर्व उत्तर क्षेत्रमा पर्ने करिब १५० हेक्टर जग्गा धार्मिक वनको रुपमा भोगाधिकार सहित हस्तान्तरण भएमा नामको विषयमा छलफल गर्न सकिने निर्णय भएको तर राज्य पक्षसंग भएको प्रारिम्भक सहमति अनुसार प्रक्रिया समेत अघि नबढाइएकाले निर्णय फिर्ता लिन वाँध्य हुनुपरेको महासचिव राईले वताए ।

