शुक्रबार, लायन्स क्लब अफ दमक स्विट सिटि र लियो क्लब अफ दमक स्विट सिटीका सदस्यहरु मिलेर आज शिवसताक्षी र गौरीगञ्जका दुर्गम क्षेत्रमा रहेका ५ वटा सरकारी विद्यालयमा रहेका आर्थिक अवस्था कमजोर भएका, विद्यार्थीहरुलाई एकै दिन २५०० कपि वितरण गरेको छ ।

सबै कार्यक्रमहरु स्विट सिटीका अध्यक्ष लायन विश्वास बाबुको अध्यक्षता तथा क्लबका सदस्य लायन मनोज जमरकट्टेलको संयोजक साथै क्लबका सर्भिस चियरपर्सन लायन खेम सापकोटाले सञ्चालन गर्नु भएको थियो । १५ जनाको संख्यामा रहेको लायन्स तथा लियो सदस्यहरुको सक्रियतामा आज विहानैदेखि उक्त कार्यक्रमलाई सफल बनाएका छन् ।

अधिराज्य भरीनै सरकारी विद्यालयमा रहेका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि लक्षित गरेर देशव्यापी रुपमा एक लाख कपि वितरण गर्ने उद्देश्यका साथ लागि परेका लायन्स क्लबहरुले आ–आफ्नो ठाउँमा कपि वितरण गर्ने निति सहित अघि बढेको । सोही कार्यक्रम अन्तर्गत आज १ दिनमै ५ वटा विद्यालयका विद्यार्थीहरुलाई २५०० कपि वितरण गर्ने कार्य सम्पन्न गरेको अध्यक्ष विश्वास बाबुले बताउनु भयो ।

जहाँ आवश्यकता त्यहाँ लायन्स अर्थात अंग्रेजीमा “WHERE THERE IS A NEED, THERE IS A LION भन्ने मूल नारा रहेको लायन्स क्लबले आवश्यक परेको स्थानमा गएर यस्ता खालको धेरै कार्यक्रमहरु सञ्चालन गरेको र आगामी दिनहरुमा पनि गरिरहने क्लबका सर्भिस चियरपर्सन खेम सापकोटाले भन्नु भयो ।

लायन्स क्लबद्धारा २५०० कपि वितरण गरिएको विद्यालयहरु तथा विद्यार्थी संख्या निम्नानुसार रहेको छः
१. त्रिभुवन माध्यमिक बिद्यालय, शिवसताक्षी–४ झापा (विद्यार्थी संख्या ८८ जना)
२. जनकल्यान आधारभुत बिद्यालय, गौरीगञ्ज गाउँपालिका–१, महाभारा (विद्यार्थी संख्या १०० जना)
३. पाथिभरा प्राथमिक बिद्यालय, शिवसताक्षी–३, दिङ्लाधाप (विद्यार्थी संख्या ४८ जना)
४. सुर्योदय आधारभुत बिद्यालय, शिवसताक्षी–५, सालमारा (विद्यार्थी संख्या १६२ जना)
५. सामाजिक आदर्श प्राथमिक बिद्यालय, शिवसताक्षी–६, निपत्रिया (विद्यार्थी संख्या ५४ जना)

