adv

कोरियन भाषा उत्तिर्णलाई स्किल टेष्ट सम्बन्धी निशुल्क प्रशिक्षण

दमक, २० असार ।
कोरियन भाषामा परिक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुका लागि स्किल टेष्ट सम्बन्धि निशुल्क १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दमक ५ स्थित बेलडागी रोडमा रहेको एरिना इन्टरनेशनल एजुकेशनको सभाहलमा कोरियन भाषा प्रशिक्षक एल.पि. फुयालले सहजिकरण गरेका थिए ।
दमक क्षेत्रमा विगत लामो समय देखी कोरियन भाषा प्रशिक्षकको रुपमा काम गर्दै आउनु भएका प्रशिक्षक फुयालले आफ्नो तर्फबाट भाषा उतिर्ण विद्यार्थीहरुलाई निशुल्क रुपमा नै प्रशिक्षण दिएको जनाएको छ । दमक क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरी गरिएको कार्यक्रममा उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना समेत दिइएको थियो ।


देशभरी कोरियन भाषामा सहभागी मध्ये करिव १२ हजार जनाले उत्तिर्ण गरेका छन । उत्तिर्ण ३२ जना प्रशिक्षार्थीहरुले सहभागीता जनाएको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुले कोरियन भाषा उत्तिर्ण भए पछि स्किल टेष्ट सम्बन्धी पूर्ण रुपमा जानकारी प्राप्त गर्ने अवसर पाएका थिए । साथै एरिनाका सि.ई.ओ. एल.वि.गोले तामाङले प्रशिक्षार्थीहरुलाई शुभकामना मन्तव्य राखेका थिए ।
कोरियन भाषामा उत्तिर्ण हुनु भनेको कोरिया जान पाउनु होइन त्यसको लागि विभिन्न तहगत रुपमा परिक्षाहरु हुने र परिक्षामा उत्तिर्ण हुनु पर्ने प्रावधान ई.पि.एस.ले यसै वर्षदेखि अनिवार्य रुपमा लागु गरेको छ । कतिपय विद्यार्थीहरु परिक्षामा उत्तिर्ण भए पनि कहाँ ? कसरी ? स्किल टेष्टको तयारी गर्ने भन्ने सम्बन्धमा ज्ञान नभएको बेला प्रशिक्षार्थीहरुको लागि उक्त कार्यक्रमको आयोजना गरिएको प्रशिक्षक एल.पि.फुयाल बताउनु भयो ।

उत्तिर्ण प्रशिक्षार्थीहरु मध्ये अनुभव तथा तालिमको प्रमाणपत्र भएकाहरुले असार २० गतेदेखि २९ गतेसम्म आवेदन फारम भर्न सकिने ई.पि.एस. शाखाले जनाएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु