adv

सक्रिय युवा क्लबको अध्यक्षमा वान्तावा

दमक, २० असार ।

सक्रिय युवा क्लब दमकको अध्यक्षतामा अतित वान्तावा चयन भएका छन् । शुक्रबार सम्पन्न भेलाले वान्तावाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
विभिन्न सामाजिक संघ संस्थाहरुमा संलग्न हुदै सामाजिक गतिविधिहरुमा सहभागि हुदै आएका वान्तावा यति बेला आफ्नै गाउँ बनाउ भन्ने ध्येयले लागेका छन् । नेपाल आदिवासी जनजाति युवा महासंघ जिल्ला समन्वय परिषद झापाको कोषाध्यक्ष, नेपाली कांग्रेस दमक वडा नं. ७ का सचिव लगायतका भुमिकाहरुमा सक्रिय रुपमा रहेका वान्तावा यति बेला क्लबको नेतृत्वमा आएका छन् ।


आफ्नो क्षेत्र टोलका साना साना विकास निर्माण तथा सचेतना कार्यक्रमहरुमा ध्यान दिन सकेमा मात्र समृद्ध समाज निर्माण गर्न सकिने भएकोले पनि अब टोल टोलबाट सामाजिक काममा सहभागि हुदै आएको र हुने बताउछन । उनी भन्छन– समृद्धिको नारा लगाउदैमा देश परिवर्तन हुदैन । त्यसलाई त व्यवहारमा परिवर्तन गर्नु पर्छ । कुनै पनि काम गर्नका लागि आजको युवा शक्तिलाई परिचालन तथा व्यवस्थापन गरी सकारात्मक रुपमा प्रयोग गर्न सके असम्भव भन्ने कुरा हुदैन ।
दमक ७ स्थिति हाटखोला क्षेत्रलाई समेटेको यो क्लबले विभिन्न सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । लागुपदार्थ दुव्यावसनी मुक्त बनाउन, टोल सरसफाइ, सचेतना कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको क्लबले आगामी भावि योजनामा दुव्र्यवसनी मुक्त क्षेत्रको रुपमा विकास गर्ने जनाएको छ । सँगै क्लबले तत्काल पुस्तकालयको सुरुवात गर्ने जसका प्राथमिक स्तरका काम भइरहेको क्लबका अध्यक्ष अतित वान्तावाले बताए ।
वान्तावाको अध्यक्षतामा तथा नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि तथा समाजसेवी भुमीराज चाम्लिङको प्रमुख आतिथ्यतामा आज शुक्रबार सम्पन्न क्लबको भेलाले उपाध्यक्षमा सुदिप राई, सचिवमा कृष्ण प्रधान, सह–सचिवमा रुजन मगर, कोषाध्यक्षमा पुर्ण बहादुर राई र सदस्यहरुमा रुविना केरुङ, अविन चौधरी, नारद कुमाल र अर्जुन राई चयन गरको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु