adv

कविता

 

स्याबास मोली 

✍️ धनराज लावती

प्रिय मोली
स्याबास…
स्याबास तिम्रो साहस प्रति
स्याबास तिम्रो विचार प्रति
स्याबास तिम्रो माटोको माया प्रति
र स्याबास तिमीले दिएको उदाहरण प्रति ।

हो अब म किटान गर्न सक्छु
त्यो भुगोलको सबभन्दा पुरानो मान्छे तिमी थ्यौ
त्यो भुगोलको सबभन्दा पहिलो अनुकुल प्राणी तिमी थ्यौ
अब मलाई राम्रोसँग थाहा भो कि
इतिहासमा जेम्स कुकले पत्ता लगाएको भुगोल त
त्यो भन्दा पहिले तिमीले पत्ता लगाएको थिएछौ
त्यसैले स्याबास मोली
यो त तिम्रो सुमुदायको सबभन्दा प्राचीन खोज पो थिएछ ।

यश धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नया कुरा चाहिन्छ रे
तिम्रो समुदायको अस्तित्व मेट्न खातिर
के के चाहि थिएन र गोराहरू शीत ?
शक्तिशाली हातहतियार र बल प्रयोग गरि शासन गर्न सक्ने
निरङ्कुश शासन प्रणाली थ्यो
कालो वर्णमाथि सेतो वर्णको प्रभुत्व हुन सक्ने
मेण्डलको जेनेटिक हाइब्रिड क्रस सिद्धान्त थ्यो
तिम्रो अादिम भाषा धर्म विस्थापित गराउन सक्ने
एक ठेली बाइबल र अङ्ग्रेजी भाषासंस्कार थ्यो
त्यसैले त स्याबास मोली
तिमीले यश धरतीको सबभन्दा पुरानो मानिसलाई बचाउन
सबभन्दा नया कुराको दास बनेनौ ।

यात्रामा हराउदा पदचाप खोजेर हिड्ने तिम्रो समुदाय
कसरी लाटो देख्छन उनीहरू ?
झाडि या बुट्यान खोस्रेर सिकार खोज्ने तिम्रो समुदाय
कसरी असक्क्षम देख्छन उनीहरू ?
दुख या बिलौनामा आफ्नोलाई सम्झेर पुकार्ने तिम्रो समुदाय
कसरी असभ्य देख्छन उनीहरू ?
जबकि उनीहरूले
तिम्रै भुमिमा तिमीलाई दास बनाइ तिम्रै शोषण गर्छन भने
कसरी मान्ने सभ्य उनीहरू ?
त्यसैले त स्याबास मोलि
तिमी लाटो होईनौ
तिमी असक्क्षम होईनौ
तिमी असभ्य होईनौ
र फेरिपनि स्याबास तिमीले दिएको उदाहरण प्रति ।

साच्चै नि मोलि
बिहानबेलुकी ब्रेडखाना र आरामदायी ओछ्यान पाउदा पनि
तिमीलाई किन निन्द्रा लागेन है ?

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु