दमक, १८ भदौं
किरात राई विद्यार्थी संघको २१औं स्थापना दिवसकाे अवसरमा किरात राई विद्यार्थी संघ झापाकाे अायाेजनामा संघकाे वर्तमान अवस्था र अागामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । किरात राई समुदायकाे भाषा, धर्म, संस्कार, संस्कृति काे संरक्षण गर्दै पहिचानको आन्दोलनसहित विद्यार्थीहरुको हक र अधिकारका निम्ति किरात राई विद्यार्थीहरु संगठित भएको आज २१ वर्ष भएको छ ।
दमक–७ किरात भवनमा आयोजित कार्यक्रको अध्यक्षता संघका अध्यक्ष सुनिल राईले गरेका थिए । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक राई प्रमुख अतिथिका रुपमा सहभागि थिए । कार्यक्रमको उद्घाटन पश्चान प्रमुख अतिथिको तर्फबाट यायोक्खाका केन्द्रीय उपाध्यक्ष राईले यायोक्खाको आगामी मिसन जातिय कला साँस्कृतिक र पहिचानको आन्दोलनलाई मात्र नभएर देशको राजनीति र सत्तासँग रुपान्तरण गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
संघका झापा जिल्ला सचिव मिलन राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा ताप्लेजुङ, इलाम, पाँचगर, धनकुटा, मोरङ, सुनसरी, ओखलढुङ्गा, उदयपुर, खोटाङ र भोजपुरका किरात राई नेताहरुको कार्यक्रममा उपस्थिति थियो ।
अन्तरक्रियाको शुभारम्भ अघि झापाली साँस्कृतिक कलाकार र विद्याथी नेताहरुले स्वागत नृत्य साकेला शिलि मार्फत गरेका थिए भने लिम्बु विद्यार्थीको तर्फबाट केलाङ नृत्यसहित राई कलाकारहरुले पहिचानका गीत तथा साँस्कृति नृत्यहरु प्रर्दशन गरेका थिए ।
अन्तरक्रियामा लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय सदस्य मनकुमार लिम्बु, राई बिद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष रामचन्द्र राई, संघका पूर्व केन्द्रीय उपाध्यक्ष दिपेनवाला राई, पूर्व केन्द्रीय अध्यक्ष धिरेन्द्र रुम्दाली राई, किरात राई यायोक्खाका संस्थापक जीतमान राई, बिद्यार्थी संमघका सस्थापक दिपेश राई, यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईले समाज रुपान्तरणका निम्ति राई विद्यार्थीहरुलाई शिक्षा, प्रविधि र सुचनासँगै मौलिक कला, संस्कृतिको पक्षमा पाठ सिकाउन आवश्यक रहेको वताएका थिए ।

कार्यक्रममा यायोक्खा केन्द्रीय सदस्य शुशिल राई, यायोक्खा झापाका सदस्य एबम् विद्यार्थी संघका पूर्व केन्द्रीय सचिव सुशन राई, दमकका युवा उद्यमी व्यवसायी तथा दमक उद्योग वाणिज्य संघ कार्यसमिति सदस्यका उम्मेद्वार अशिम राई, पाँचथर जिल्ला समन्वय समितिका सदस्य कुशल राई, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखा प्रमुख सुमन कुमार थुलुङ राईको उपस्थिति थियो ।
संघकी झापाका सचिव विनित राईले कार्यक्रमको सञ्चालन गरेका थिइन् ।


