adv

एन आई सीकाे २२ औं वार्षिकत्सवकाे अवसरमा विभिन्न सेवाहरू

दमक, १३ भदाै ।

एन आई सी एसिया बैंकले आफ्नाे २२ औं वार्षिकत्सवकाे अवसरमा ३० विशेषतायुक्त सुपर चमत्कारिक बचत निक्षेप याेजनाहरू सार्वजानिक गरेकाे छ ।

यस अघिकाे चमत्कारिक निक्षेप याेजनाहरूकाे  सफलतापछि बैंकले सुपर चमत्कारिक बचत खाताहरू संचालनमा ल्याएकाे जनाएकाे छ । ग्राहकहरूकाे सेवा र सुविधालाइ ध्यानमा राखी सुपर चमत्कारिक बचत खाता, सपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वराेजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक राेजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले आम नागरिककाे बचत गर्ने बानिमा टेवा दिने विश्वास बैंकले लिएकाे छ ।

उल्लेखित  निक्षेप याेजनाहरूमा ग्राहक स्वयम र परिवारकाे लागि रू १ कराेड ३१ लाख ५० हजार सम्मकाे बिमा सुबिधा उपलब्ध गराउने विज्ञप्तीमा उल्लेख गरेकाे छ । मुलुकभर २ सय ९७ वटा शाखाहरू, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेकाे जनाएकाे छ ।

भदाै ९ गते एन आई सी एसिया बैंकका प्रमुख सुचना अधिकारी सुधिर नाथ पाण्डेकाे हस्ताक्षरीत विज्ञप्ती जारी गर्दै उक्त याेजनाहरू सार्वजनिक गरेका थिए भने  दमकमा शुक्रबार एक पत्रकार सम्मेलन गरी उक्त याेजनाहरू जानकारी गराएकाे थियाे ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु