adv

झापामा लिम्बु विद्यार्थी मञ्चकाे राष्ट्रिय महाधिवेशन तयारी तिव्र

दमक, २४ भदाै । 

लिम्बु विद्यार्थी मञ्चकाे ९ औ राष्ट्रिय महाधिवेशन सफल पार्नका लागि यतिबेला झापा पनि तयारी तिव्र रूपमा भइरहेकाे छ । जिल्ला शाखा झापा र विभिन्न इकाइ समितिहरूले अधिवेशनकाे प्रचार प्रसारमा तिव्रता दिएकाे हाे ।

 

प्रचारप्रसारकाे क्रममा पाेष्टर टाल्ने व्यानर लगाउने, चिठिपत्र बाढ्ने लगायतका कामहर भइरहेकाे मञ्चका झापा सचिव संजय इङनामले बताए । प्रचार कै क्रममा अग्रज, बुद्धिजीवि, तुतुतुम्याङ हरूसँग समेत भेटघाट भइरहेकाे जनाएकाे छ ।

अधिवेशनलाइ सफल बनाउनका लागि ताप्लेजुङ सम्म प्रतिनिधि तथा पर्यवेक्षकलाइ सहभागी गराउँदै जिल्ला शाखालाइ ताेकिएकाे दायित्व पुरा गर्नका लागि अार्थिक स्राेतकाे समेत अावश्यकता रहेकाेले अार्थिक संकलन अभियान पनि सञ्चालन गरिरहेकाे मञ्चका झापा अध्यक्ष सागर साम्बाले बताए ।

मञ्चकाे ९ औ राष्ट्रिय महाधिवेशन अागामि अशाेज १२, १३ र १४ गते लिम्बुवान ताप्लेजुङकाे फुङलिनमा हुदैछ ।

 

 

 

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु