adv
Advertise Expired !

दमक चिसापानी रबि सडक कालाेपत्रे हुने

दमक, २५ भदाै ।

करीब २ दशक अघि देखि निर्माणाधिन दमक चिसापानी रबि सडक (फाल्गुनन्द मार्ग)  कालाेपत्रे हुने पक्का भएकाे छ । झापाकाे दमक देखी इलामकाे चुलाचुली र माङसेबुङ गाउँपालिका र पाँचथर सम्म जाेडिने याे सडक कालाेपत्रे गर्नका लागि २ अरब रूपैयाँकाे टेण्डर खुलाएसँगै अब निर्माण कार्य पुरा हुने भएकाे हाे ।

नेपाल सरकार भौतिक तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालय दमकले अाज बुधबार गाेरखापत्रमा ठेक्का प्रक्रियालार्इ अघि बढाउदै अाह्वान गरेकाे बाेलपत्र अाैपचारिक रूपमा दमक चिसापानी रबि सडक निर्माण समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएकाे थियाे ।

इलामको चिसापानीसम्म ३६ किलोमिटर मात्र रहेकाे याे सडकलाइ २ भागमा अध्ययन गरि विभाजन गरिएकाे समेत जनाएकाे छ । जसमा दमक देखी माङसेबुङ (भञ्ज्याङ) सम्म २३ किलाेमिटर र भञ्ज्याङ देखि चिसापानीसम्म १२ किलाेमिटर गरी २ भागमा अध्ययन गरिएकाे जनाएकाे छ ।

हिउदे बाटाेकाे रूपमा समेत यस सडकलाइ भनिन्दै अाएकाे थियाे । सडक क्षेत्रमा रतुवा खाेला पर्ने भएकाेले हिउँदकाे समयमा खाेलैखाेला भएर हिडे पनि भर्खाकाे समयमा भने खाेला ठुलाे हुने भएकाेले ६नम्बर बुधबारे क्षेत्रकाे बाटाेबाट घुमेर यात्रा गर्नु पर्ने बाध्यता रहदै अाएकाे थियाे ।

सडक ठेक्का प्रक्रियामा लाग्ने कुरा सुनेपछि स्थानीयहरू समेत खुसी छन् । स्थानीय काेपिल रार्इ भन्नुहुन्छ – हामि हिउँदकाे समय बाहेक बर्खा दुखबिराम भएमा पनि बाेकेर नै दमक ल्याउनु पर्ने बाध्यता छ । बर्खाकाे समयमा पानि परेर बाटाे बिगार्ने भएकाेले गाडि चल्दैन अनि काेहि बिरामी भयाे र अस्पताल लानु पर्याे भने बाेकेर नै लानु पर्थ्याे तर अब बाटाे बनेपछि त्याे समस्या हट्ने बताउछन् । अधिकांश स्थानिय उपभाेक्ताहरू समयमा नै काम सम्पन्न हुने कुरामा विश्वस्त छन् ।

निर्माण शुरु भएको करिब २ दशक पछि दमकदेखि चिसापानी सम्मकाे सडकको बिस्तृत अध्ययन(डिटेल सर्वे) समेत २ बर्ष अघि भएको थियो । सडकलाई बहुबर्षिय योजनामा पारेको केहि समयपछि पुरै सडक कालोपत्रेका लागि आएको बजेट र बोलपत्रे आह्वान समेत गरिएकाे र यस कार्य गर्नका लागि सहयाेग गर्ने सबैप्रति उपभाेक्ता समितिका अध्यक्षा गगन पुरीले अाभार प्रकट गरे ।

 

 

 

 

 

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु