शेयर पूंजी २ करोड ५५ लाख
कमल, ५ असाेज ।
कमल ५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले यहि असाेज ८ गते हुने नवाैं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । आज संस्थाले आफनै कार्यालयमा पत्रकार सम्मेलन गरि बार्षिक प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गरेको हो । बार्षिक साधारणसभा कमल ५ स्थित राेडस्टार पार्टी प्यालेसमा हुने बताएका छन् ।

प्रतिवेदन संस्थाका अध्यक्ष बालकृष्ण गाैतमले सार्वजनिक गरे । प्रतिवेदन सार्वजनिक गर्दे अध्यक्ष गाैतमले संस्थालाई सदस्यमुखी बनाउन सञ्चालक समिति सधै प्रयत्नशील रहेको उल्लेख गरे । उनले संस्थाको बार्षिक नीति तथा कार्यक्रम संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका सचिव भाेजराज रार्इ, कोषाध्यक्ष राेशन दाहाल, व्यवस्थापक राजु थापा, लगायत सञ्चालक समिति सदस्य तथा उप–समितिका सदस्यहरूकाे उपस्थिति रहेको थियो ।
१ हजार २ सय २३ जना शेयर सदस्य रहेको सो संस्थाको हाल शेयर पूंजी २ करोड ५५ लाख ३२ हजार पुगेको छ । गत वर्षको तुलनामा शेयर पूंजी ८७ लाख ८९ हजार ४ सय बृद्धि भएकाे हो ।

यसैगरि गएको वर्ष २९ करोड ६९ लाख १७ हजार १ सय ७८ निक्षेप गर्न सफल भएको जनाईएको छ । संस्थाले १५ करोड ५८ लाख २४ हजार ६ सय रुपैया कर्जा (ऋण) लगानी गरेको छ । याे आर्थिक बर्षमा संस्थाले कुल १८ करोड ६८ लाख ७१ हजार ३ सय ३८ रुपैयाको कुल कारोवार गरेको छ प्रतिवेदन सार्वजनिक गरेकाे छ ।
कमल गाउँपालिका ५ स्थित पाडाजुङ्गी चाेक राजमार्गमा मुख्य कार्यालय रहेको सहकारीले केरखा, गाैरादहमा समेत शाखा विस्तार गरि शेयर सदस्यहरूलार्इ सेवा उपलब्ध गराइरहेकाे समेत संस्थाका अध्यक्ष बालकृष गाैतमले बताए ।
साधारण सभाका अवसरमा सदा बर्षझै यस बर्ष पनि उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, बाल बचत कर्ताहरुलाई पनि पुरस्कृत गर्ने कार्यक्रम रहेको संस्थाका व्यवस्थापक राजु थापाले बताए ।

