साकाेसले विभिन्न विधामा गर्याे सम्मान
कमल, ८ असाेज ।
चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लि. काे ९औं वार्षिक साधारण सभा विभिन्न कार्यक्रमका बीच सम्पन्न गरेकाे छ । संस्थाका अध्यक्ष बालकृष्ण गाैतमकाे अध्यक्षतामा तथा जिल्ला सहकारी संघ झापाकाे अध्यक्षा गणेश ढकालकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे हाे ।

सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहेकाे जिल्ला सहकारी संघ झापाकाे अध्यक्षा गणेश ढकालले नयाँ सहकारी एेन अनुसार एक व्यक्ति एक सहकारीकाे नीति अवलम्बन गर्नु परेमा कलम गाउँपालिका क्षेत्रमा यस चन्द्रदर्शन साकाेसलाइ राेज्न सकिने बताउनुभयाे । साथै शेयर सदस्यहरूले समेत सहकारी नीति सम्बन्धि जानकारी लिने र अध्ययन गर्नु पर्ने अावश्यक रहेकाे बताउनु भयाे । त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा कमल गाउँपाालिका वडा नं. ५ का वडा अध्यक्षा ठम्बर निराैलाले भने– सहकारीमा शेयर सदस्य बनेर मात्र हुदैन सबै शेयर सदस्यहरू व्यवसायीक बन्नु पर्नेमा जाेड दिए । सहकारीकाे प्रगति वडाकाे समेत समग्र प्रगती रहेकाे भन्दै अाजकै दिन देखि नै स्थानिय युवा व्यवसायी सन्त रार्इले सञ्चालनमा ल्याएकाे राेडस्टार पाटी प्यालेसले समेत वडाकै शान दिएकाे भन्दै यसमा समेत धन्यवाद व्यक्त गर्नुभयाे ।

साधारण सभामा संस्थाकाे गतिविधि, वर्तमान अवस्था र भावि याेजना सहित सांगठनिक प्रतिवेदन संस्थाका अध्यक्षा बालकृष्ण गाैतमले प्रस्तुत गर्नु भएकाे थियाे भने संस्थाकाे अार्थिक प्रतिवेदन काेषाध्यक्ष राेशन दाहालले प्रस्तुत गर्नु भएकाे थियाे ।
कार्यक्रममा विभिन्न विधामा सम्मान समेत गरेकाे छ । सहकारी संस्थाकाे प्रबर्दन तथा विकासका लागि पत्रकारीताकाे क्षेत्रबाट पुर्याउदै अाएकाे याेगदानलाइ कदर गर्दै संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै अाएकाे चन्द्रदर्शन सहकारी जागरण पुरस्कार २०७६ रू ५ हजार नगद सहित समदर्शी मासिकका कार्यकारी सम्पादक तथा नयाँअनलाइनकर्मी सुसन रार्इ पुरस्कृत भएका हुन् ।

साथै एस.इ.इ. परिक्षामा उत्कृष्ट अंक प्राप्त गरी उत्कृष्ट हुने कमल ५ का कुशल लामिछाने (हिमालय मा.वि.), कमल ५ का एलिजा मेचे (मंगलमय मा.वि.) कमल ५ का पुजा खरेल (सिद्धार्थ बाेर्डिङ स्कूल) र कमल ५ का कृष्णराज खड्का (स्मारिका सामुदायिक विद्यालय) लार्इ जनही रू १० हजार सहित सम्मान गरेका थिए ।

त्यस्तै उत्कृष्ट कर्मचारी तर्फ हेम कुमारी लावतीलार्इ रू १० हजार सहित उत्कृष्ट कर्मचारी सम्मान पुरस्कार प्रदान गरिएकाे थियाे ।
बाल शैक्षिक बचत कर्ता तर्फ एलिजा मेचे, अाेस्कार गाैतम, स्वस्तिका कार्की, विसाल मेचे, पुकार गुरूङ, देवका श्री तामाङ, तुलशा महरा, उज्वल दंगाल, अरिवन विश्वकर्मा, साेयसा कार्की, सुजन मेचे, साेनिया रार्इ, प्रल्हाद प्रधान, प्रनिस जंग घिमिरे, रिजन कार्की, सेविना रार्इ, श्राेती खड्का, प्रिया धिमाल, इक्क्षा रार्इ, एडम रार्इ, सुविका श्री अाचार्य, डनिस गुरूङ, दिवाहाङ रार्इ र अपेक्षा भणडारीलार्इ सम्मान गरेकाे थियाे ।
यता उत्कृष्ट शेयर सदस्यहरू तर्फ शान्ता कुमार रार्इ, रत्न कुमारि रार्इ, देवेन्द्र रार्इ, महेन्द्र प्रसाद मैनाली, सनिता रार्इ, याेगेन्द्र थापा, घनश्याम प्याकुरेल, बल बहादुर कार्की, दिपेन्द्र शाह, वृषलाल मेचे, सुमित रार्इ, अञ्जु खड्का, सरस्वती कुमारी शाह, दिपक बराल, मनिषा भुजेल, रिता लिम्बु, गाेपाल भण्डारी, शान्ता पाख्रिन, मञ्जु चाैधरी, बिनिता भण्डारी लगायत रहेका छन् ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शेरबहादुर श्रेष्ठ, नेपाल रेडक्रस साेसाइटि लखनपुर उपशाखाका सभापति चन्द्र शाह, लखनपुर खानेपानीका चन्द्र भट्टरार्इ, कमल उ.वा.संघका अध्यक्ष उमानाथ भण्डारी लगायत समाजसेवी, स्थानिय अगुवा, विभिन्न वित्तिय संस्थाका प्रतिनिहरू उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष उषा भण्डारीले राख्नुभएकाे थियाे भने कार्यक्रम संस्थाका सचिव भाेज कुमार रार्इले सञ्चालन गर्नु भएकाे थियाे । कार्यक्रम कमल गाउँपालिका ५ स्थित राेडस्टार पाटी प्यालेसमा भएकाे थियाे ।

