ताप्लेजुङ, १० असाेज ।
लिम्बु विद्यार्थी मञ्चकाे ९ औ राष्ट्रिय महाधिवेशनकाे सम्पूर्ण तयारी पुरा भएकाे ताप्लेजुङमा पत्रकार सम्मेलन गरी आयाेजक समितिले जनाएकाे छ । असाेज १२ गते देखि सुरू हुने मञ्चकाे महाधिवेशन सफल पार्नका लागि अधिकांश आयाेजक समितिका सदस्यहरू ताप्लेजुङ आइसकेकाे जनाएकाे छ ।

मञ्चकाे ९औं औ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन समाराेह प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबाेकाे प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाएकाे छ । उद्घाटन समाराेहमा किरात याक्थुङ चुम्लुङ, प्रतिनिधि सभा तथा प्रदेश सभाका लिम्बु सभासदहरू लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूकाे उपस्थित हुने जनाएकाे छ ।
जिल्ला शाखाहरूबाट महाधिवेशनमा सहभागिहरू प्रतिनिधि तथा पर्यवेक्षकहरू भाेलि ११ गते शनिबार बेलुका सम्ममा सबै जिल्लाहरूबाट कार्यक्रम स्थल आइसक्ने मञ्चका महासचिव उत्सव सङबाङफेले बताए । उनले हरप्रहरसँग गुरा गर्दै भने – हामी अधिवेशनकाे सबै तयारीकाे अन्तिम समयमा छाै । सबै जिल्ला शाखाहरूबाट गरी करिब ४ सय प्रतिनिधि सहभागी हुनेछ । महाधिवेशन सफल बनाउनका लागि सबै संघ संस्था, वुद्धिजिवि, राजनीतिककर्मी, तुतुहाङ तुम्याहाङ, उद्याेघी व्यवसायी, पत्रकार लगायत सबैसँग अधिवेशन सफल बनाउन सहयाेगका लागि अनुराेध गर्दछु ।
मातृभाषामा व्यवहारीक शिक्षा हाम्राे अभियान, संघीय लाेकतान्त्रि गणतन्त्र नेपालमा स्वयत्त लिम्वुवान भन्ने मुल नाराका साथ मञ्चकाे ९ औं राष्टिय महाधिवेशन यहि असाेज १२ गते देखी १४ गते सम्म लिम्वुवानकाे ताप्लेजुङमा सम्मपन्न हुदैछ । महाधिवेशन विरेन्द्र चाेककाे सामुदायिक भवनमा हुने जनाएकाे छ ।


