adv

माइथुम्की पुष्पाञ्जली क्लवकाे आयाेजनामा नकआउट पुरूष फुटबल प्रतियाेगीता

माङसेबुङ, १२ असाेज । 

माङसेबुङ गाउँपालिका वडा नं. ३ मा अवस्थित माइथुम्की पुष्पाञ्जली क्लवले विजयदशमी तथा शुभदिपावलीकाे अवसरमा खुला नकआउट पुरूष फुटबल प्रतियाेगिता गर्ने भएकाे छ ।

श्री दुर्गा मा.वि.काे खेलमैदानमा असाेज २७ गते देखी खेल सुरू हुने जनाइएकाे छ । प्रतियाेगितात्मक खेलमा प्रथम पुरस्कार नगद ३० हजार सहित ट्रफि, प्रमाण पत्र, मेडल हुनेछ भने दाेस्राे पुरस्कार नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने खेल समितिका सचिव सुवर्ण राईले बताए । साथै वेस्ट प्लेयर, बेस्ट डिफेन्डर, बेस्ट किपर, हाइ स्काेर र अनुसाशित टिमलाई नगद सहित प्रमाण पत्र प्रदान गरिने जनाएकाे छ । असाेज २५ गते सम्म खेल टिमले इन्ट्रि गर्ने समय राखिएकाे र इन्ट्र शुल्क बापट रू१५ सय ७६ रूपैया राखिएकाे खेल समितिले जनाएकाे छ ।

क्लवले विजयदशमी तथा शुभदिपावलीकाे अवसरमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेकाे छ । प्राय वर्षहरूमा साँस्कृतिक कार्यक्रमहरूमा नै जाेड दिरहेकाे क्लवले यस पटक भने पुरूष फुटबल खेलकाे आयाेजना गरेकाे छ । क्लवले खेल क्षेत्रमा भने पहिलाे पटक आयाेजना गरेकाे हाे । यस पटक फुटबल खेल खेलाउने भनेर क्लवकाे आज शनिबार बसेकाे बैठककाे उक्त निर्णय गरेकाे हाे ।

Advertise Expired !

One thought on “माइथुम्की पुष्पाञ्जली क्लवकाे आयाेजनामा नकआउट पुरूष फुटबल प्रतियाेगीता

  1. खुशी लाग्यो news देखेर
    आयोजना सफल रहोस
    शुभकामना

Leave a Reply

सम्बन्धित शीर्षकहरु