रूपन्देही, १२ असाेज ।
समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले सरकारले संविधान संशोधन नगरेमा सरकार छाड्ने बताएका छन् । रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन कार्यक्रममा बाेल्दै नेता राईले संविधान संशोधन नभए सरकार छाड्ने चेतावनी दिएकाे हाे ।
उनले भने हामी संविधान संशाेधन गर्ने भनेरनै सरकारमा सहभागी भएका हाै यति संविधान संशाेधनकाे विषयमा सरकार माैन रहिरहे आफ्नो पाटीले संघीय सरकार छाड्ने बताएका हुन् ।
सरकार संविधान संशोधनका विषयमा मौन बसेको भन्दै हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचानसहितको संघीयता लगायतका विषयमा संविधान संशोधनको माग आफ्नो पार्टीले राखेको बताएका छन् ।

